द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’लाई दर्शकबाट ‘उत्कृष्ट वर्डअफ माउथ’ मिलेको छ । बलिउड र हलिउडका ठुला सिनेमाका कारण पहिलो दिनबाट नै औषत शोमा खुम्चिएको सिनेमालाई दर्शकबाट भने मास्टरपिस बनेको प्रतिक्रिया मिलेको हो ।
दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको सिनेमाका मुऋय कलाकारहरु गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य मुन्नी, निर्मल शर्मा, डेव्यु कलाकार विमोचन दवाडी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाल काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर साक्षात्कार गरिरहेका छन् । कलाकार मात्रै नभई यही सिनेमाबाट निर्देशनमा डेव्यु गरेका निर्देशक अर्जुन घिमिरे पाँडे र लेखक गणेश कार्की पनि दर्शक प्रतिक्रिया बुझ्न हल पुगेका हुन् ।
दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाउँदा उत्साहित देखिने कलाकार शोमा कमजोर हुन पर्दा दुखी देखिन्छन् । डेव्यु निर्देशक अर्जुन घिमिरे पाँडेले झरिपछिको इन्द्रेणी हेर्न हल पुगेका धेरै दर्शक शो नहुँदा फर्केको सुन्दा दुख लाग्ने प्रतिक्रिया दिन्छन् ।
‘हामीले वितरकदेखि हल सञ्चालकसम्मलाई शो बढाइदिनु हुन अनुरोध गरेका छौं । सायद उँहाहरुलाई पैसा कमाउने सोच नै नभएको होकी जस्तो लाग्छ । शो नै बढाई दिनु हुन्न,’ उनले मिडियासँग गुनासो गर्ने गरेका छन् ।
यो सिनेमाबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि दमदार कमव्याक गरेका छन् । उनले अघिल्लो पुस्ताका दर्शकलाई सिनेमाप्रति आकर्षित गरिरहेको छ । सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको यो सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । डेव्यु अभिनेता विमोचनको अभिनयको समेत दर्शक निकै तारिफ गरिहेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ ।
सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको सिनेमाका छायाँकार बुद्ध थापा हुन् ।
नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ । एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि सिनेमाले पेश गर्नेछ ।
सिनेमामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।



प्रतिक्रिया