क्रिसमसमा नेपाली ‘मुगलान’ र बलिउडको ‘तु मेरी मैं तेरा मैं तेरा तु मेरी’ प्रदर्शनमा

क्रिसमसमा नेपाली ‘मुगलान’ र बलिउडको ‘तु मेरी मैं तेरा मैं तेरा तु मेरी’ प्रदर्शनमा

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । पौष १० गते क्रिसमसको अवसर पारेर नेपाली सिनेमा ‘मुगलान’ र बलिउड सिनेमा ‘तु मेरी मैं तेरा मैं तेरा तु मेरी’ नेपाली हलमा प्रदर्शनमा आएका छन् । नेपाली सिनेमा ‘मुगलान’ न्युन शोमा खुम्चिदा बलिउड सिनेमा ‘तु मेरी मैं तेरा मैं तेरा तु मेरी’ले उत्साहजनक शो पाएको हो ।

बलिउडका पछिल्लो छिमलका चर्चित अभिनेता कार्तिक आर्यन र अनन्या पाण्डेको मुख्य भूमिका रहेकाले पनि यो सिनेमा नेपाली दर्शकमाझ पनि प्रतिक्षामा थियो । यो सिनेमालाई कार्तिककै मुख्य भूमिका रहेको सिनेमा ‘सत्या प्रेमकी कथा’ निर्देशक समिर विद्धांसले निर्देशन गरेका हुन् ।

करण जोहरले निर्माण गरेको यो सिनेमालाई नेपालमा गोविन्द शाहीको काफिया फिल्मस् रिलिज गरेको हो । दर्शकको माग अनुसार नै आफ्नो टिमले यो सिनेमा नेपाल ल्याएको वितरक शाही बताउँछन् ।

यता आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा मुगलान विना प्रचार प्रसार नै प्रदर्शनमा आएकाले आजबाट यो सिनेमा प्रदर्शनमा आएको नै धेरै दर्शकलाई थमाहा छैन् । सिनेमामा प्रभात पाल ठकुरी, स्मारिका ढकाल, श्री शिभान्सी, रामचन्द्र अधिकारी, दिनेश डिसी, सविन बास्तोला, मोती सुबेदी, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, खड्ग बहादुर पुन (खबपु) लगायतलाई देख्न सकिन्छ ।

रिहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता गोमन सिंह तथा को-प्रोड्युसर रिता चौधरी हुन् । सिनेमामा किरण भुषालको संगीत, शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरी गिरी ९विमर्शी०को स्वर, आशिष ढकाल, सिर्जना लम्साल, हरी गिरी (विमशी)को शब्द रचना छ ।