द सिनेमा टाइम्स, काठमाडौं । गत पौष ४ गतेबाट देशव्यापी प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ हो । यो सिनेमाले दर्शकबाट ‘उत्कृष्ट वर्डअफ माउथ’ पाइरहेको छ । हलमा सिनेमा हेर्दै दर्शक रुँदै निस्किरहेका छन् । जसले गर्दा सुरुवातमा केही कम शो पाए पनि माउथ पब्लिसिटीले विस्तारै शो थपिदै जाने विश्वास थियो ।
तर, दर्शक प्रतिक्रिया उत्कृष्ट पाए पनि हलले शो बढाउनुको साटो उल्टो घटाउँदै गएको गुनासो निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले प्रदर्शनको तेस्रो दिनबाट नै गर्दै आएका थिए । उनले वितरक मार्फत पटक-पटक हललाई शो थप्न आग्रह गर्दै आएका थिए । शो नथपिएपछि शुक्रबार सिनेमाको निर्माण टिमले ललितपुरस्थित आफ्नो कार्यलयमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै गुनासो पोखेका छन् ।
उनले ‘झरीपछिको इन्द्रेणी’लाई शो नदिएर क्यूएफएक्स हलले हेला गरेको निर्देशक पाँडेले गुनासो गरेका छन् । उक्त हलले देशभर जम्मा ५ शो दिएको उनको भनाई छ । पाँडेले भने, ‘एउटा सिनेमाले क्यूएफएक्समा पाउने शो यति हो र ? सुरुमा थोरै शो दिए पनि दर्शक बढेपछि शो बढाउँछ भन्ने लागेको थियो । तर अहिलेसम्म बढाइएको छैन् ।’
उनले अगाडी भने, ‘अहिले पनि हेर्ने हो क्यूएफएक्समा सिनेमाले पाएको सबै शो भरिभराउ छन् । दर्शक भएपछि त शोज थप्नु र्पयो नि । जानाजान आफ्नो सिनेमालाई शो नदिइएको हो । आजबाट रिलिज भएका हिन्दी सिनेमामा कति दर्शक हुन्छन् थाहा छैन । त्यसलाई २०० बढी शो दिएको छ । दर्शकको भएको नेपाली सिनेमालाई किन जम्मा ५ शो ।’
यसअघिका कुनै कारणले सिनेमालाई शो नदिएको हुनसक्ने निर्देशक पाँडेले बताए । ‘के–के कारण हुनसक्ने कुरा वितरकले भन्नुभएको छ । त्यसको पछाडि लाग्दै हिँड्ने कुरा पनि भएन’ पाँडेले भने । आज शुक्रबारदेखि हाम्रो दोस्रो सातामा प्रवेश गरेको छ । सिनेमाले पहिलो साता उत्साहजनक व्यवसाय गरेको दाबी पाँडेको छ ।
नागराज इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाएको छ ।
यो सिनेमाबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि दमदार कमव्याक गरेका छन् । उनले अघिल्लो पुस्ताका दर्शकलाई सिनेमाप्रति आकर्षित गरिरहेको छ ।
सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको यो सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । डेव्यु अभिनेता विमोचनको अभिनयको समेत दर्शक निकै तारिफ गरिहेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ ।
सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको सिनेमाका छायाँकार बुद्ध थापा हुन् ।
नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ । एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि सिनेमाले पेश गर्नेछ ।
सिनेमामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।


प्रतिक्रिया