द सिनेमा टाइम्स, काठमाडौं । गत शनिबार सम्पन्न छैटौं अधिवेशन तथा सातौं साधारण सभाबाट चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा सन्तोष बस्याल निर्वाचित भएका छन् । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेको साधारण सभाबाट अध्यक्ष बस्यालसहित १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
कार्यसमिति उपाध्यक्षमा गौरव त्रिपाठी, सचिवमा सुरेश सुनार, सहसचिवमा सिद्धार्थ गौतम र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ छन् । सदस्यमा राकेश गुरुङ, प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भएको निर्वाचन समिति सदस्य एवं संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । यो कार्यकाल ३ वर्षको हुनेछ ।
यसैगरी, केन्द्रीय महाधिवेश प्रतिनिधिमा आशीष पुरी र मिलन थापा चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय अध्यक्ष एवं निर्वाचन समिति संयोजक समीर बलामीले शनिबार नै पद तथा गोपनीयताको शपथ गराएका थिए ।



प्रतिक्रिया