द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको गत वर्षको सुपरहिट सिनेमा ‘१२ गाउँ’बाट समिर भट्टले अभिनयमा डेव्यु गरेका थिए । समिर अभिनेता तथा निर्देशक विराजका जेठा छोरा हुन् ।
उनी डेव्यु सिनेमा ‘१२ गाउँ’बाट नै सुपरस्टार कहलिएका थिए । यो सिनेमाले बक्सअफिसमा करिब २० करोडको व्यापार गरेको थियो । त्यसपछि उनले दोस्रो सिनेमाको रुपमा निर्माता सन्तोष सेनको निर्देशनमा निर्माण भएको सिनेमा ‘बलिदान’मा काम गरेका थिए । समिरकै कारण यो सिनेमा यस वर्षकै सार्वाधिक प्रतिक्षित सिनेमा सुचीको अग्रभागमा थियो ।
गत असोज १३ गते वडादशैंको अवसरमा प्रदर्शनमा आएको सिनेमाले बक्सअफिसमा ५ करोड बढि व्यापार गरेको छ । यो सिनेमा गत भदौ २३ र ३४ गते नेपालमा भएको जेनजी आन्दोलनका कारण परिस्थिति अनुकुल नहुँदा बक्सअफिस अपेक्षाकृत हुन सकेन । तथापी देशको परिस्थिति अनुकुल नुहुँदा पनि भएको यो व्यापार निकै राम्रो हो । यसमा सवैभन्दा ठुलो भूमिका समिरको स्टारडम नै हो ।
यो सिनेमा रिलिज भएपछि धेरै दर्शकले समिर कहाँ छन् भनेर खोजिरहेका छन् । समिर निटक श्रोतका अनुसार उनी यतिवेला मुम्बईमा छन् । उनी मुम्बईको एक स्टुडियोमा अभिनय निखार्न वर्कसपमा व्यस्त रहेको भिडियो द सिनेमा टाइम्सलाई प्राप्त भएको छ । जसमा समिर अभिनय निखार्न वर्कसपमा कतिसम्म भिजेका छन् भन्ने देख्न सकिन्छ । यति मात्रै नभई उनी भिन्न लुक्समा पनि देखिएका छन् । उक्त लुक्समा समिरलाई दर्शकले चिन्न समेत हम्मेहम्मे पर्ने देखिन्छ ।
पहिलो सिनेमा ‘१२ गाउँ’मा नै समिरले दर्शक तथा समीक्षकबाट अभिनयको तारिफ पाएका थिए । अभिनयसँगै उनको डान्स र लुक्सको समेत चर्चा भएको थियो । अहिलेको अवस्थामा नेपालमा सवैभन्दा बढि फ्यान फ्लोइङ कमाउने अभिनेता समेत समिर हुन् । अभिनयको तारिफ भएपनि अझै अभिनय निखार्न उनी मुम्बई पुगेका छन् । यसले पनि अभिनयप्रतिको समिरको लगावलाई देखाउँछ । अबको तीन महिना समिर मुम्बईमा अभिनय वर्कसपमा व्यस्त हुनेछन् ।
त्यसपछि उनी नेपाल फर्केर पिता विराज भट्टको निर्देशनमा निर्माण हुने सिनेमा ‘१२ गाउँ २’ मा काम गर्नेछन् । अहिले यो सिनेमाको स्कृप्ट लेखनको काम भैरहेको छ । यो सिनेमामा समिरलाई फरक र निखारिएको अभिनयसहित हेर्न पाइने जानकारी निकट श्रोतको छ । जसले उनको नयाँ सिनेमा र लुक्सको प्रतिक्षा दर्शकमा रहनेछ ।


प्रतिक्रिया