चैत १३ गते मधुसुदन भट्टराई निर्देशित ‘हामी तीन भाइ’ रिलिज घोषणा

चैत १३ गते मधुसुदन भट्टराई निर्देशित ‘हामी तीन भाइ’ रिलिज घोषणा

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत १३ गतेबाट मधुसुदन भट्टराई निर्देशित सिनेमा ‘हामी तीन भाइ’ प्रदर्शनमा आउने भएको छ। बुधबार सिनेमाको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

सार्वजनिक पोस्टरमा कलाकार विनोद न्यौपाने, फलित राई र कुशल बिष्टलाई रोमान्टिक मुडमा प्रस्तुत भएका छन् । तीनैजना एकअर्काबीच आकाशतर्फ हेरेर खुशी मुडमा देखिन्छन् । छेवैमा एउटा भाले उडिरहेको देखिन्छ । पोस्टरबाट उनीहरु कुनै कुरा सफल हुँदाको क्षणमा खुशी देखिएका हुन कि भन्ने अनुमान लगाउन सकिन्छ।

निर्देशक भट्टराईकै कथा रहेको सिनेमामा लक्ष्मी वर्देवा, आश्मा गिरी, जाहन्वी बस्नेत, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भुमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जनको अभिनय छ ।

प्रसिद्धि सिने आर्टस् प्रालीको व्यानरमा निर्माण भएको सिनेमाको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ तथा कार्यकारी निर्माता विक्रम तामाङ र सह-निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगीमा शम्भु कुमार केसी छन्।

साजित महत प्रस्तुतकर्ता रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारी र छायांकन शिव ढकालको छ । सिनेमामा बनिश शाहको सम्पादन, साप शक्ति र बाबुल गिरीको संगीत, कमल राईको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्ध निर्देशन, रेनिश फागोको रंग संयोजन, निर्माण नियन्त्रक सन्देश राई (भान्जा), प्रोडक्सनको काम मोसन स्टूडियोको छ ।