‘बम बिहारी’को भक्तपुरको हनुमान मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु

‘बम बिहारी’को भक्तपुरको हनुमान मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । डिएमएस मल्लको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘बम बिहारी’को भक्तपुरको हनुमान मन्दिरमा शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको छ । झण्डै ५० वटा बढि म्युजिक म्युजिक भिडियोको निर्देशन गरेका मल्ले बुधबारबाट सिल्भर स्क्रिन सिनेमाको निर्देशन सुरु गरेका हुन् ।

यो सिनेमाको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले बताए । सिनेमाको छायांकन काठमाडौं र नेपालगञ्जमा हुनेछ । काठमाडौंमा एकसाताको छायांकन सकेर निर्माण युनिट नेपालगन्ज लाग्नेछ । नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा ‘बम बिहारी’मा छ । सिनेमाको मुख्य एक पात्रको नाम ‘बम बिहारी’ हो । सोही पात्रको वरिपरी सिनेमाको कथा घुम्नेछ ।

सिनेमाका निर्देशक मल्लले भने, ‘पछिल्लो समय सिनेमामा नयाँ कलाकार भएपनि कथा र मेकिङ राम्रो छ भने दर्शक हलसम्म गएको उदाहरण छन् । त्यसैले मलाई विश्वास छ सिनेमा राम्रो हुनेछ र दर्शकलाई मन पर्नेछ ।’ सिनेमामा कथा र लगानी पनि निर्देशक डिएमएस मल्लकै रहनेछ ।

सिनेमामा सुरबिर पण्डित, सुमन ज्योती न्यौपाने (ल्यांग्री दादा), ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुस्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहनेछ । म्युजिक भिडियोका ब्यस्त कलाकार सुमन ज्योती न्यौपानेले सिनेमामा आफू नकारात्मक भूमिकामा देखिन लागेको बताए । ‘म यो सिनेमाको बम बिहारी अर्थात टाइटल नै मेरो नाम हो । दर्शकले अहिले सबैतिर नेगेटिभ भूमिकामै मन पराइदिनुभएको छ । यसमा पनि आशा राखेको छु,’ उनले भने ।

सुरेन्द्र बसेलको कोरियोग्राफी, सरोज बुढाथोकीको मेकअप, सुमन काफ्ले प्रोडक्सन म्यानेजर रहेको सिनेमालाई रामेश्वर हुमागाईंको टिमले खिच्दैछ । गौतमराज खड्काले सम्पादन गर्ने सिनेमाको मुख्य सहायक निर्देशक बिनयराज पौडेल, सहायक निर्देशक पुरुषोत्तम पण्डित र अनुपम चौधरीको गीत रहनेछ । सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन ।