द सिनेमा टाइम्स, काठमाडौं । प्रवीण श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमा ‘बब डाइ’को छायांकन ४२ औं दिनमा सकिएको छ । काठमाडौं उपत्यकाको चन्द्रागिरी र किर्तिपुर नगरपालिका भित्रका विभिन्न स्थानमा छायांकन गरिएको सिनेमाबाट निर्देशक श्रेष्ठले १२ वर्षपछि निर्देशनमा कमव्याक गरेका हुन् । प्रोष्ट प्रोडक्सन चरणमा प्रवेश गरेको सिनेमाका दुई गीत बाहेक स्क्रिप्टका सम्पुर्ण दृश्यको छायांकन सकिएको हो । यी गीतको छायांकन केहिसातामा गरिनेछ ।
रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमामा किर्तिपुरको एक युवाको कथा देखाइएको छ । सौगात ‘बब डाइ’को भूमिकामा छन् । नेवारी भाषामा दाईलाई डाइ भनिने भएकाले सिनेमाको नाम ‘बब डाइ’ राखिएको हो । कमेडी जनरामा निर्माण गरिएको सिनेमामा कमेडीसहित सन्देशमुलक रहेको निर्देशक श्रेष्ठ बताउँछन् ।
अभिनेता सौगात मल्ल र अभिनेत्री सिम्रन पन्तको मुख्य भूमिका रहेको सिनेमामा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तण्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको अभिनय छ ।
मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा लेखन रहेको सिनेमाका एसोसिएट निर्देशक दिनेश बहादुर राउत तथा मुख्य सहायक निर्देशक तर्कराज न्यौपाने हुन् । श्याम तामाङको टिमले खिचेको सिनेमालाई निर्देशक श्रेष्ठले नै सम्पादन गर्नेछन् । सिनेमाको प्रोडक्सन हेड र कास्टिङ डिरेक्टर नृपेश रुपाखेती तथा पोस्टर डिजाइन रोयल भिमसेनको छ ।
स्वस्तिका श्रेष्ठको श्रृंगार रहेको सिनेमामा किरण थापा र सृष्टि महर्जनको कोरियोग्राफी, शंकर महर्जनको द्धन्द्व निर्देशन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन छ । राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता तथा रबिन्द्र प्रजापती कार्यकारी निर्माता रहेको सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन् ।


प्रतिक्रिया