केकीको लगानी र सुलक्षणको निर्देशनमा ‘पेट्रोल पम्प’ निर्माण घोषणा

केकीको लगानी र सुलक्षणको निर्देशनमा ‘पेट्रोल पम्प’ निर्माण घोषणा

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको ब्लकबस्टर सिनेमा ‘बोक्सीको घर’को टिम नयाँ सिनेमा ‘पेट्रोल पम्प’ निर्माणमा जुटेको छ । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले मंगलबार ‘पेट्रोल पम्प’को घोषणा गरेको हो ।

‘बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौं भनेका थियौं,’ केकीले भनिन्, ‘त्यो समय अहिले पेट्रोल पम्ममार्फत आएको छ ।’

सिनेमालाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । सिनेमाको कथा पनि निर्देशक सुलक्षणले नै लेखेका छन् । निर्मात्री केकी अधिकारी हुनेछिन् । यसअघिको सिनेमा ‘बोक्सीको घर’मा पनि लेखक तथा निर्देशक पनि सुलक्षण नै थिए । निर्मात्रीमा केकी नै थिइन् ।

सोसल ड्रामा सिनेमा ‘पेट्रोल पम्प’ वर्ष २०८३ मा रिलिज हुनेछ । सिनेमामा को–को कलाकार हुनेछन् निर्माणपक्षले खुलाएका छैन् । केही समयमा कास्ट एण्ड क्रिउको विस्तृत जानकारी दिने निर्मात्री केकीले बताइन् । ‘बोक्सीको घर’मा केकी र सुलक्षणले मुख्य भूमिकामा अभिनय गरेका थिए ।

बद्री अधिकारी निर्माता रहेको ‘बोक्सीको घर’ले नेपाली बक्सअफिसमा ११ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको थियो । केकीको पहिलो निर्माण नै ब्लकबस्टर भएको थियो । यो सिनेमाको ‘बुझिन मैले’ गीत भाइरल भएको थियो ।