द सिनेमा टाइम्स, काठमाडौं । नेपालको वैकल्पिक राजनीतिका अगुवा स्वर्गीय उज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ देशव्यापी प्रदर्शनमा आएको छ । पौष २५ गते आज शुक्रबारबाट प्रदर्शनमा आएको वृत्तचित्रमा नेपाली नागरिक चेतना, वैकल्पिक राजनिति, उद्यमशीलता र सामाजिक रुपान्तरणको नयाँ बाटो देखाउने प्रेरणादायी कथा प्रस्तुत छ ।
गत बुधबार ललितपुरस्थित क्युएफएक्स लविम मलमा आयोजित प्रिमियर शोमा प्रधानमन्त्री सुशिला कार्की, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु प्रदीप पौडेल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ लगायत पारिवारिक नजिकका साथीभाईले हेरेका थिए ।
ड्रिम विजार्डको प्रस्तुती र उज्वल थापा फाउन्डेसनद्धारा निर्मित यो वृत्तचित्रले उज्वल थापाको वाल्यकाल, वैदेशिक शिक्षाको यात्रा, स्वदेश फर्किएपछिको नागरिक जागरण अभियान तथा वैकल्पिक राजनितिमा उनले पु¥याएको योगदानलाई प्रस्तुत गरिएको छ । यसको निर्देशन सुदीप भाजुले गरेका हुन् ।
प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको वृत्तचित्र निर्माणका लागि सर्वसाधारणबाट ५ रुपियाँदेखि ५ लाखसम्म सहयोग प्राप्त भएको थियो । यसको प्रदर्शनी सम्पन्न भएपछि सम्पुर्ण आम्दानी र खर्च विवरण पारदर्शिताका साथ फाउन्डेसनको वेवसाइटमा सार्वजनिक गरिने जानकारी निर्माण टिमले दिएको छ ।



प्रतिक्रिया