‘एक्लो’को कमाई ४३ लाख, ‘झरीपछिको इन्द्रेणी’, ‘परान’ र ‘मुगलान’को कति ?

‘एक्लो’को कमाई ४३ लाख, ‘झरीपछिको इन्द्रेणी’, ‘परान’ र ‘मुगलान’को कति ?

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली तथा विदेशी सिनेमाको नियमित बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ ।

आज सोमबार गत शनिबार राती ११ः५९ सम्म नेपाली हलमा चलेका सिनेमाको रिर्पो सार्वजनिक गरिएको हो । जसमा प्रदीप खड्काको ‘एक्लो’, अर्जुन घिमिरे पाँडे निर्देशित ‘झरीपछिको इन्द्रेणी’ दीपक आचार्यको परान र आशिष ढकाल निर्देशित ‘मुगलान’ छन् ।

सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांक अनुसार ‘एक्लो’ले पुष २६ गते शनिबारसम्म ४३ लाख २५ हजार ४९८ रुपैयाँ ग्रस कमाएको छ । सिनेमाको टिकट १३ हजार ११ वटा मात्र बिक्री भएका छन् ।

गत पुष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ले एक करोडको आँकडा पार गरेको छ । बोर्डको तथ्यांक अनुसार सिनेमाले ३५ हजार ८४२ वटा टिकट बिक्रीबापत १ करोड १२ लाख ३८ हजार ९०४ रुपैयाँ ग्रस कमाएको हो ।

त्यस्तै, पुष १० गते प्रदर्शन भएको सिनेमा ‘मुगलान’ले २ हजार ४०० वटा टिकट बिक्री गर्दै ६ लाख ३१ हजार ९४४ रुपैयाँ ग्रस कमाएको छ ।

गत कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘परान’ले १७ करोड ७४ लाख २२ हजार १९० रुपैयाँ ग्रस व्यापार गरेको छ । अझै केही हलमा प्रदर्शनरत ‘परान’ यस वर्षको सर्वाधिक कमाउने सिनेमा बनिसकेको छ ।