को हुन् ‘मिरमिरे’की बालकलाकार शाइसा गौचन ?

को हुन् ‘मिरमिरे’की बालकलाकार शाइसा गौचन ?

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेताद्धय दयाहाङ राई र प्रकाश सपुतको मुख्य भूमिका रहेको सिनेमा ‘मिरमिरे’को ट्रेलरमा बाल कलाकार शाइसा गौचनले अभिनय गरेकी छन् । जो अभिनेता दयाहाङ राईसँग प्यारालल रुपमा देखिएकी छन् । उनी दयाहाङको छोरीको भूमिकामा छिन् ।

दयाहाङको छोरीको भूमिकामा देखिएकी बाल कलाकार शाइसा गौचन आमाको अभाव महसुस गरिरहेकी छोरीको भूमिकामा छिन् । सानैमा आमाले छोडेर गएपछि बुवाको लालनपालनमा हुर्किरहेकी छोरीको रूपमा उनलाई देख्न सकिन्छ । उनले ट्रेलरमा आमाको अभावको भूमिकामा गरेको अभिनय यतिबेला दर्शकले मनपराइरहेका छन् ।

कास्की जिल्लास्थित पोखराकी शाइसाको ‘मिरमिरे’ डेब्यु सिनेमा भने होइन । यसअघि उनेले दुईवटा सिनेमामा काम गरिसकेकी छन् । शाइसाले ‘महाभोज’ र ‘बरिष्ठ बलराम’मा छोटो भूमिका निवार्ह गरेकी थिइन् ।

‘यसअघिका सिनेमामा पनि शाइसाले दयाहाङसँगै काम गरेकाले ‘मिरमिरे’मा काम गर्न सहज भयो,’ सिनेमाका लेखक तथा निर्देशक यमले भने, ‘दयाहाङ दाईसँग यसअघि नै घुलमिल नभएको भए सायद सुरुसुरुमा काम गर्न कठिन हुने थियो ।’

निर्देशक यमले शाइसाको काम दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताए । बच्चासँगै सबै उमेर समूहका दर्शकले शाइसाको काम दर्शकले मन पराउने यमको विश्वास छ ।

यार्सा फिल्मस्को प्रस्तुति रहेको सिनेमामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । यम शेर्पाको लेखन तथा निर्देशन रहेको सिनेमा ‘मिरमिरे’ आगामी माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको सिनेमाका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर तथा कार्यकारी निर्मातामा वितरक रोहित कट्टेल अनि लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् । आलोक शुक्लाको डिओपी रहेको सिनेमामा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।