जीवन सिंह निर्देशित ‘हन्टर’को छायांकन ४५ दिनमा सकियो

जीवन सिंह निर्देशित ‘हन्टर’को छायांकन ४५ दिनमा सकियो

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । एक्सन ड्रामा जनराको सिनेमा ‘हन्टर’को छायांकन सकिएको छ । सिनेमाको छायांकन ४५ दिनमा सकिएको हो । यो सिनेमाको छायांकन पश्चिम नेपालका विभिन्न स्थानमा गरिएको निर्माणपक्षले जनाएको छ ।

क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको सिनेमाको लेखन तथा सम्पादन पनि निर्देशक स्वयंम् हुन् । सिनेमा ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका छन् । उनको यो डेब्यू निर्दशन हो ।

सिनेमाले सुदूरपश्चिमको कथा भन्नेछ । सिनेमा एक्सन इन्टरटेनर हुने निर्देशक सिंहको भनाई छ । ‘हन्टर’ रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताए । तर, रियल पात्रको कथामा फिक्सनाइज गरिएको निर्देशक जीवनको दाबी छ ।

सिनेमाको मुख्य भूमिकामा अरुण क्षेत्री छन् । प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारीको अभिनय रहेको छ ।

कृष्ण थापाको डीओपी रहेको सिनेमामा एक्सन शुक्रराज शाहको छ । विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको सिनेमामा बाबुल गिरीको संगीत छ ।

ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको सिनेमाका कार्यकारी निर्माता रोयल भिमसेन हुन् । ममता सिहं, गोविन्द राज रोक्का र राज ए भट्ट निर्माता रहेको सिनेमामा मनीष चन्द सह-निर्माता छन् ।

सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन् । पोस्ट प्रोडक्सनको काम सकिएपछि मात्रै रिलिज मिति घोषणा गर्ने निर्देशक सिंहले जानकारी दिए ।