रुपेश तामाङको अनटाइटल एक्सन प्रोजेक्टको मुख्य भूमिकामा आकाश श्रेष्ठ अनुबन्धित

रुपेश तामाङको अनटाइटल एक्सन प्रोजेक्टको मुख्य भूमिकामा आकाश श्रेष्ठ अनुबन्धित

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा मुख्य अभिनेताको रुपमा देखिएका छैनन् । आकाशले यसबीचमा केही सिनेमामा बिशेष भूमिकामा काम गरेका थिए ।

आकाशले थुप्रै म्यूजिक भिडियोमा काम गरेपनि सिनेमाका लागि राम्रो कथाको प्रतिक्षा गरिरहेको बताउँदै आएका थिए । तर, अब भने आकाशको सिनेमामा कमब्याक पक्का भएको छ ।

अभिनेता श्रेष्ठले यसअघि ‘जय शम्भु’ र ‘दान्भी’ जस्तो एक्सन सिनेमा निर्देशन गरेका निर्देशक रुपेश तामाङको अनटाइटल प्रोजेक्टबाट सिनेमामा कमब्याक गर्ने पक्का भएको हो ।

माघे संक्रान्तीको अवसर पारेर आज आकाश र निर्माणपक्षबिच संझौता भएको छ । सिनेमालाई पूर्ण रुपमा एक्सन जनरामा बनाउने र आकाशलाई यसअघि नदेखिएको अवतारमा देखाउने तयारी रुपेशको छ ।

आकाश पनि यो सिनेमालाई लिएर निकै उत्साहित देखिएका छन् । यो सिनेमामा सम्झौता गरेपछि उनले दर्शकको प्रतिक्षा विशेष हुने तर्क गरेका छन् । यो सिनेमाको कथा सुमन गजमेरले तयार पारेका हुन् । सिनेमाको छायांकन फागुनको अन्तिमबाट सुरु गर्ने तयारी रुपेशको छ ।

जुना फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको नाम, अन्य कलाकार र प्राविधिकको बारेमा जानकारी एकपछि अर्को रुपमा गराउँदै लैजाने निर्माणपक्षले बताएको छ ।