नरेन र बेनिशाको ‘बिगुल’ माघ ९ बाट पोष्टपोण्ड, नयाँ रिलिज मिति कहिले ?

नरेन र बेनिशाको ‘बिगुल’ माघ ९ बाट पोष्टपोण्ड, नयाँ रिलिज मिति कहिले ?

द सिनेमा टाइम्स
14
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार अर्थात् माघ ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बिगुल’ पोष्टपोण्ड भएको छ । सिनेमाका निर्माता तथा कथाकार दिनेश कोइरालाले ‘बिगुल’को प्रदर्शन हाललाई स्थगीत गरिएको बताए । विशेष प्राबिधिक कारणले गर्दा सिनेमाको प्रदर्शन स्थगीत गरिएमा क्षमायाचना गर्दै उनले केही दिन भित्रै नयाँ प्रदर्शन मिति सार्वजनीक गरिने जानकारी दिए ।

रमेश कोइरालाको निर्देशनमा निर्माण भएको सिनेमामा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर वाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्कालगायत डेव्यु अभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन् ।

देशको वर्तमान राजनैतिक अबस्था, आम नेपालीको जनभावना तथा परिस्थितिसँग मिल्दो बिषयबस्तुमा निर्मित सिनेमाका गीत, टिजर अनि ट्रेलरले दर्शकको मन छोइरहेको अवस्थामा प्रदर्शन स्थगीत गर्नु परेकोमा निर्देशक कोइरालाले पनि दुख ब्यक्त गरेका छन । सिनेमाको प्रतिक्षामा रहेका दर्शकका लागि ‘बिगुल’ अझ धुमधामका साथ प्रदर्शन गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द निर्देशन अनि तारा थापा किम्भेको सम्पादन रहेको सिनेमाका गीतमा बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । निर्माता कोइराला स्वंयमको कथा रहेको सिनेमाको पटकथा र संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । काफिया फिल्मस् र श्री ब्यांकेट्स इन्टरटेन्मेन्टले बिगुल देशव्यापी बितरण गर्दैछन् ।