माघ ९ बाट पोष्टपोण्ड भएको ‘बिगुल’ अब फागुन १ गते रिलिज घोषणा

माघ ९ बाट पोष्टपोण्ड भएको ‘बिगुल’ अब फागुन १ गते रिलिज घोषणा

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रमेश कोइरालाको निर्देशनमा निर्माण भएको सिनेमा ‘बिगुल’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यो सिनेमा आगामी फागुन १ गते देशब्यापी प्रदर्शनमा आउने जानकारी कथाकार तथा निर्माता दिनेश कोइरालाले दिएका छन ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको सिनेमामा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, बिनोद न्यौपाने, शिशिर वाङ्देल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रबिन्द्र खड्का लगायत डेव्यु अभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा छन ।

देशको वर्तमान राजनैतिक अबस्था,आम नेपालीको जनभावना तथा परिस्थितिसंग धेरै हदसम्म मिल्दो बिषयबस्तु प्रस्तुत सिनेमाको गीत, टिजर अनि ट्रेलरले दर्शकको मन छोइरहेको छ । दर्शकको प्रतिक्षामा रहेको ‘बिगुल’ काफिया फिल्मस र श्री ब्याकेट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।

शिव ढकालको छायांकन, एनबी महर्जनको द्वन्द निर्देशन अनि तारा थापा किम्भेको सम्पादन रहेको सिनेमाका गीतमा बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । पटकथा र संवाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेको सिनेमामा एनबी महर्जनको द्वन्द निर्देशन छ ।