ओटिटि प्लेटफर्म अमेजनमा नेपाली सिनेमा ‘भूठान’ सार्वजनिक

ओटिटि प्लेटफर्म अमेजनमा नेपाली सिनेमा ‘भूठान’ सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा नेपाली सिनेमा ‘भूठान’ सार्वजनिक गरिएको छ । सिनेमाका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिकरुपमा ‘भूठान’को अंग्रेजी नाम ‘द वर्ल्डस् ह्यापियष्ट म्यान’बाट हालको लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरिएको हो ।

निर्माता राजेन्द्र ठकुराठीले विस्तारै सिनेमा संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरि काम भईरहेको बताएका छन् । गत वेशाखमा नेपालमा रिलिज भएको सिनेमा ‘भूठान’ उर्फ ‘द वर्ल्डस् ह्यापियाष्ट म्यान’मा भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा छ ।

एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास र जिन्दगीले जन्मभूमिमा जरा गाडिसकेपछि पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस, पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संकृति नमिल्दा त्यसले पार्ने प्रभाव देख्न सकिन्छ ।

सिनेमाको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीको पनि अभिनय छ । हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।

हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको पहिलो नेपाली सिनेमा जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् । विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । सुसन प्रजापतिले खिचेका छन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् ।

अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

सिनेमालाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।