वसन्त पञ्चमीको अवसर पारेर ‘रोल नं १’को प्रदर्शन मिति घोषणा

वसन्त पञ्चमीको अवसर पारेर ‘रोल नं १’को प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘रोल नं १’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण पक्षले शुक्रबार विद्याकी देवी सरस्वतीको पूजा (वसन्त पञ्चमी)को शुभ अवसर पारेर सिनेमाको प्रदर्शन मिति घोषणा गरेको हो ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको यो सिनेमा आगामी वर्ष २०८३ जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अबसरमा देशव्यापी प्रदर्शनमा भएको छ । निर्माण टिमले फरक शैलीमा सिनेमाका मुख्य बाल कलाकारहरू अध्ययन गर्ने विद्यालय ‘पाथिक ज्ञ्यान निकेतन’ पुगेर रिलिज मिति सार्वजनिक गरेको हो ।

निर्माता विनोद पौडेलका अनुसार यो सिनेमा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइने छ । सिनेमाको मुख्य हिस्सा हिमाली जिल्ला म्याग्दीका ग्रामीण भेगमा खिचिएको छ । जोन योञ्जनको निर्देशनमा तयार भइरहेको ‘रोल नं १’ पूर्ण रूपमा बाल मनोविज्ञानमा आधारित सिनेमा हो । जसले शिक्षा क्षेत्रको एउटा गहन पाटोलाई उजागर गर्ने अपेक्षा गरिएको छ ।

महेश दवाडीको लेखन रहेको सिनेमामा मुकुन भुसाल, सशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र बाल कलाकारमा निर्भिक रेग्मी, रिञ्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ मुख्य भूमिकामा छन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाई हुन् ।

शिवराम श्रेष्ठको डीओपी रहेको सिनेमामा फिरोड खड्का मुख्य सहायक निर्देशक, प्रशान्त शिवाकोटीको संगीत, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी र सम्पादक मदन घिमिरे हुन् । यो सिनेमालाई रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले वितरण गर्नेछन् ।