बलिउडका सर्वाधिक पारिश्रमिक लिने ५ अभिनेत्री

बलिउडका सर्वाधिक पारिश्रमिक लिने ५ अभिनेत्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउडमा सुपरस्टार अभिनेताहरु एक फिल्ममा काम गरेको ५० करोड भन्दा बढी रकम लिने गर्छन । किनकि बलिउड अभिनेताहरुको करियर अभिनेत्रीको भन्दा दोब्बरनै हुने गर्छ ।

बलिउडका ‘बिग बि’ अमिताभ बच्चन अहिले पनि फिल्ममा जमीरहेका छन् । तर, ‘बिग बि’का सहकर्मी अभिनेत्रीहरु अहिले कहाँ छन् कसैलाई पत्तो छैन । उसो त बलिउडको इतिहासले १०० बर्ष कटाउदा पनि अभिनेत्रीहरुले अहिलेसम्म आफ्नो परिचर पाउन सकीरहेका छैनन् । अभिनेताका लिड भएका फिल्मलाई बिग बजेटमा निर्माण गरिन्छ र कमाई पनि राम्रै गर्छन । तर, अभिनेत्रीको पक्षका यसो हुने गर्दैन ।

त्यैपनि पछिल्लो बंदलिदो समयसंगै अभिनेत्री मुख्य भूमिकामा प्रस्तुत भएका फिल्मले पनि दर्शक रिझाउन थालेका छन् । जस्ले गर्दा अभिनेत्रीको पारिश्रमिकको पनि वृद्दी हुदै गैरहेको छ । यसको पछिल्लो उदाहरण हुन् अभिनेत्री, कंगना रनाउत, विद्द्या वालन, आलिया भट्ट, करिना कपूर, दिपिका पादुकोण, प्रियंका चोपडा । यी अभिनेत्रीहरुले आफ्नो अभिनय क्षमता र फ्यानका कारण बक्सअफिसमा हिट फिल्म दिन सक्छन भन्ने कुरा प्रमाणित गरिसकेका छन् ।

कंगना रनाउत झनै अभिनेता लिडमा भएको फिल्ममा अभिनय नगर्ने भनेर उद्घोषनै गरिसकेकी छिन । कंगनाको ‘तन्नु वेड्स मन्नु रिटर्न’ले घरेलु बक्सअफिसमा १ सय ५० करोड भन्दा माथिको व्यापार गरेपछि अभिनेत्री क्षमता पनि पुष्टि भैसकेको छ ।

१) दिपिका पादुकोण:

फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा इन्ट्री गरेकी दिपिका अहिले सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन । स्रोतका अनुसार दिपिका एक फिल्ममा काम गरे वापत १२ देखि १३  करोडसम्म लिन्छिन । दिपिका पछिल्लो समयकी सर्वाधिक हिट फिल्म दिने अभिनेत्रीमा पनि पर्छिन । दिपिकाकै स्टारडममा हिट भएका फिल्महरुमा ‘पिकु’, ‘फाइनडीङ फ्यानी’, ‘बाजिराव मस्तानी’, ‘कक्टेल’ लगाएत पर्छन । दिपिका अहिले ‘पद्मावती’को छायांकनमा व्यस्त छिन । यो फिल्मको लागि दिपिकाले १२ करोड भारु लिएको खबर छ ।

२) कंगना रनाउत:

फिल्म ‘तन्नु वेड्स मन्नु रिटर्न’ले बक्सअफिसमा डेढ सय करोड माथिको व्यापार गरेपछि कंगनाको पारिश्रमिक महंगिएको हो । कंगना एक फिल्ममा काम गरेको ११ करोडसम्म लिन्छिन । कंगनाले पारिश्रमिक धेरै लिएपनि करियर भने उतारचढावनै रहेको छ । कंगनाको करियरमा हिट भन्दा धेरै फ्लप फिल्मको सुची छ । तर, पनि कंगनालाई खालि हात बस्नु परेको छैन । कंगनाको पछिल्लो रिलिज ‘रंगुन’ बक्सअफिसमा नराम्रोसंग फ्लप भएको थियो ।

३) करिनाकपूर खान:

बलिउडमा ‘बेबो’ नामले परिचित यी अभिनेत्रीले पनि महँगो पारिश्रमिक लिन्छिन । करिना एक फिल्मको लागि ९ करोडसम्म लिएको खबर छ । करिनाले ‘उड्ता पन्जाब’मा सहायक भूमिकाको लागि ९ करोड लिएको खबर छ | सुत्केरी भएकी करिनाले भर्खरै मात्र ६ करोडमा एक फिल्म साइन गरेको खबर छ ।

४) प्रियंका चोपडा:

आफ्नो अभिनय क्षमताबाट दर्शक माझ लोकप्रिय अभिनेत्री प्रियंकाले पनि एक फिल्म गरे वापत ९ करोडसम्म लिने गरेको रेकर्ड छ । हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी प्रियंकालाई बहुप्रतिभाशाली अभिनेत्रीमा पर्छिन । ‘बाजिराव मस्तानी’मा प्रियंकाले महँगो पारिश्रमिकमा सहायक भूमिका निर्वाह गरेकी थिइन् ।

५) विद्द्या वालन:

फिल्म ‘डर्टी पिक्चर’मा अभिनय गर्नलाई विद्याले ७ करोड लिएको खबर छ । फिल्ममा विध्याले निभाएको सशक्त भूमिकाले एक समय तहल्कानै पिटेको थियो । विध्या पनि अभिनेत्रीकै दममा हलसम्म दर्शक अभिनेत्रीमा पर्छिन । विध्या अभिनित ‘बेगम जान’ अहिले प्रदर्शनरत छ । ‘बेगम जान’मा गरेको अभिनयले गर्दा अहिले विध्या अहिले चर्चामा छिन ।

यी अभिनेत्रीहरुले लिन्छन ३ करोड भन्दा माथि:

आलिया भाट, अनुष्का शर्मा, कट्रिना कैफ, श्रद्धा कपूर, परिनिती चोपडा, सोनक्षी सिन्हा लगाएतका अभिनेत्रीहरुले बलिउडमा अहिले ३ करोड भन्दा माथि पारिश्रमिक लिने स्रोत बताउछ । आलिया भाटले अब छिट्टैनै पारिश्रमिक बढाउन सक्ने खबर रहेका छन् । बर्ष १७ मा आलियाले एक फिल्ममा काम गरेको ५-६ करोडसम्म लिन सक्ने अनुमान गरिएको छ ।