‘बाहुबली २’ हेर्न २४ सयसम्मको टिकट काट्नु पर्ने

‘बाहुबली २’ हेर्न २४ सयसम्मको टिकट काट्नु पर्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । यहि शुक्रबार देखि ‘बाहुबली २’ विश्वव्यापी प्रदर्शनमा आउदैछ । भारतमा मात्र ६५०० स्क्रिनमा रिलिज हुन् लागेको यो फिल्मको टिकट कतिसम्म पर्ला त ?

तपाईलाई थाहा नहुन सक्छ । दिल्लीस्थित एक सिनेमाघरमा फिल्मको टिकट दर २४ सयसम्म तोकिएको छ । उक्त सिनेमाघरमा ‘बाहुबली २’को सुरुवाती दर १५०० बाट सुरु छ । यो टिकट दरलाई भारतीय फिल्मको सबैभन्दा महँगो टिकट दर भनिएको छ । यसअघि सलमान खानको ‘सुल्तान’ हेर्न ८०० भारुसम्म तिर्नु परेको रेकर्ड छ ।

एसएस राजमौलि निर्देशित फिल्ममा ‘कटप्पाले बाहुबलीलाई किन मारे ?’ भन्ने प्रश्नको जवाफ थाहा पाउन दर्शक हलसम्म जान तयार भैसकेका छन् । यो भारतीय बक्सअफिसका लागि सर्वाधिक आशा गरिएको फिल्म हो । फिल्ममा प्रभास, तमन्नाह, राणा दग्गुबटी र अनुष्का सेट्टीको मुख्य भूमिका छ ।