यी हुन् भारतका महंगा १६ फिल्म

यी हुन् भारतका महंगा १६ फिल्म

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । विश्व फिल्मको कुरा गर्दा भारतीय फिल्म क्षेत्र पनि समेटिन पुग्छ । किनकी भारतका छुट्टाछुट्टै फिल्म उद्दोगमा गरेर, विश्वमै बर्षेनी सर्वाधिक फिल्म यहि देशमा निर्माण हुन्छन ।तर, पनि विश्वव्यापी कुरा गर्दा बलिउड र दक्षिण भारतीय फिल्मले मात्र आफ्नो क्षेत्रफल बढाएका छन् । त्यसैले पनि यी दुई उद्दोगको बजार अन्यको तुलनामा ठुलो छ ।

बजार ठुलो भएकै कारण यी दुई उद्दोगमा बर्षेनी १०० करोड भन्दा पनि माथिको लगानी फिल्म निर्माण हुन्छन । केहि समय अगाडी ‘महाभारत’मा केन्द्रित रहेर बन्ने फिल्मको घोषणा भैसकेको छ । जसको लगानी १ हजार करोड तोकिएको छ । रोचक कुरा त के छ भने बलिउडको विश्वव्यापी बजार जम्मा ८ सय करोडको छ । एतिहासिक कथामा निर्माण हुन् लागेको यो फिल्मले लगानी उठाउला त ? प्रश्न उब्जिएको छ ।

आज हामि तपाईहरुलाई सय करोड भन्दा माथिको बजेटमा निर्माण भएका भारतीय फिल्महरुको बारेमा जानकारी दिन्छौ ।

२.० (२०१७):

रजनीकान्त र अक्षय कुमार स्टारर यो फिल्म यहि बर्ष सार्वजनिक हुदैछ । यो दक्षिण भारतीय फिल्मको बजेट ४ सय करोड बताइएको छ । २०१० मा रिलिज भएको ‘रोबोट’को सिक्वेल यो बर्षको लागि प्रतिक्षित फिल्म हो । ‘२.०’मा हलिउड शैलीको एनिमेसन प्रयोग गरिएको बताइएको छ ।

बाहुबली सिरिज (२०१७):

यो बर्षको बहुप्रतिक्षित फिल्म ‘बाहुबली’को दुवै भागको लगानी ४ सय करोड हो । सिरिजको पहिलो भाग १ सय ८० करोडको लगानीमा बनेको थियो । दोस्रो भागमा २ सय २० करोड लगानी रहेको छ | एसएस राजमौलि निर्देशित फिल्म विश्वव्यापी ८ हजार भन्दा बढी सिनेमाघरहरुमा रिलिज हुदैछ ।

पद्मावती (२०१७):

संजयलीला भन्सालीले यसपटक आफ्नो करियरकै सर्वाधिक महँगो फिल्म बनाउदै छन् । त्यो पनि अहिलेका स्टार कलाकार रणवीर सिंह, दिपिका पादुकोण र साहिद कपूरलाई लिएर । निर्देशकमाथि गरिएको आक्रमण, फिल्म सेट आगलागीले गर्दा भन्सालीको निर्देशनमा बनिरहेको ‘पद्मावती’को बजेट १ सय ८५ करोड भन्दा माथि पुग्ने आंकलन गरिएको छ ।

ह्याप्पी न्यु ईयर (२०१४):

शाहरुख खानको करियरकै सर्वाधिक महँगो फिल्म ‘ह्याप्पी न्यु ईयर’मा दीपिका पादुकोण, अभिषेक बच्चन, ज्याक्की श्रोफ लगायतका स्टारहरुको अभिनय थियो । फराह खान निर्देशित फिल्म १ सय ४० करोडको बजेटमा निर्माण भएको थियो । भारतीय फिल्मको इतिहासमै पहिलो दिन सर्वाधिक ४५ करोडको व्यापारको रेकर्ड ‘ह्याप्पी न्यु ईयर’को नाममा छ ।

ब्याङब्याङ (२०१४):

ऋतिक रोशन र कट्रिना कैफ स्टारर  यो फिल्मको  कुल लगानी १ सय ४० करोड हो । फिल्मले  सोचेअनुसारको व्यापार नगरेपनि लगानी उठाएको थियो । २०१४ मा प्रदर्शनमा आएको यो फिल्मले  साहिद कपूरको ‘हैदर’संग प्रतिस्पर्धा गरेको थियो ।

रावन (२०११):

शाहरुख खान र करिना कपूर स्टारर फिल्म १ सय ३५ करोडको लगानीमा निर्माण भएको थियो । सय करोड माथिको व्यापार गरेको यो फिल्मले आफ्नो लगानी उठाउन भने सकेन । यो फिल्म सुपरहिरोको कथामा बनेको थियो ।

रोबोट (२०१०):

दक्षिण भारतीय सुपरस्टार रजनीकान्त र बलिउड सुन्दरी ऐश्वर्या राय बच्चनले मुख्य भूमिका निर्वाह गरेको फिल्म १ सय ३२ करोडको बजेटमा निर्माण भएको थियो । रोबोटको कथामा निर्मित फिल्म त्यसताकाको सर्वाधिक चर्चामा आएको फिल्म थियो । किनकि २०१० सम्म यो भारतको महँगो फिल्म थियो ।

दिलवाले (२०१५):

यो फिल्ममा लामो समयको अन्तराल पछी शाहरुख खान र काजोलको जोडीले पर्दामा पुनरागमन गरेको थियो । रोहित सेट्टीको निर्देशनमा १ सय ३० करोडको लगानीमा निर्मित यो फिल्मले सोचेजस्तो व्यापार भने गर्न सकेन । संजयलीलाको ‘बाजिराव मस्तानी’संग प्रतिस्पर्धा गरेको ‘दिलवाले’ उसका अगाडी बक्सअफिसमा निरिह सावित भएको थियो ।

धुम ३ (२०१३):

यो फिल्म आमिर खानको करियरकै सर्वाधिक महँगो फिल्म हो । मल्टीस्टारर यो फिल्म १ सय २५ करोडको लगानीमा निर्माण भएको थियो । फिल्मले २०१३ मा सर्वाधिक कलेक्सन गर्दै बलिउडमा  इतिहास रचेको थियो ।

बाजिराव मस्तानी (२०१५):

निर्देशक संजयलीला भन्सालीको ड्रिम प्रोजेक्ट १ सय २५ करोडको लगानीमा निर्माण भएको थियो । फिल्मले २०१६ मा सर्वाधिक अवार्ड पनि हात पारेको थियो। फिल्ममा रणवीर सिंह, दीपिका पादुकोण र प्रियंका चोपडाको मुख्य भूमिका छ ।

मोहेन्जो दारो (२०१६):

गत बर्षको सर्वाधिक नोक्सानी बेहोरेको फिल्म हो ‘मोहेन्जो दारो’ । ऋतिक रोशन स्टारर फिल्म १ सय २५ करोडको लगानीमा बनेको थियो । तर, अक्षय कुमारको ‘रुस्तम’संग प्रतिस्पर्धा गर्दा फिल्मले ठुलो नोक्सानी मोल्नु पर्यो । फिल्मले जम्मा ५८ करोड कमाउन सक्यो ।

क्रिस ३ (२०१३):

ऋतिक रोशन, प्रियंका चोपडा र कंगना रनाउत स्टारर फिल्म १ सय १५ करोडको लगानी निर्माण गरिएको थियो । ऋतिक रोशनको करियरकै सर्वाधिक कमाएको यो फिल्म सुपरहिरोको कथामा बनेको थियो ।

किक (२०१४):

यो सलमान खानको करियरकै महँगो फिल्म हो । फिल्मलाई १ सय १५ करोडको लगानीमा निर्माण गरिएको थियो । यो फिल्म पनि सुपरहिरोको कथामा निर्माण भएको थियो । बक्सअफिस यो फिल्मले राम्रै व्यापार गरेको थियो ।

फ्यान (२०१६):

यो फिल्ममा शाहरुख खानको दोहोरो भूमिका थियो । १ सय ५ करोडको लगानीमा निर्मित फिल्मले बक्सअफिसमा भने खरो उत्रन सकेन । फलस्वरूप बर्ष १६ को फ्लप फिल्मको सुचिमा समेटिन पुग्यो ।

प्रेम रतन धन पायो (२०१५):

सलमान खान र सोनम कपूरले पहिलो पटक स्क्रिन सेयर गरेको यो फिल्म सय करोडको लगानीमा निर्माण भएको थियो । पारिवारिक ड्रामाले बक्सअफिसमा राम्रै पैसा छापेको थियो ।