बलिउड अभिनेता विनोद खन्नाको निधन

बलिउड अभिनेता विनोद खन्नाको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउडका भेट्रान अभिनेता विनोद खन्नाको निधन भएको छ । लामो समय देखि गिरगाउँस्थित एचएन रिलायन्स फाउन्डेसन एन्ड रिसर्च सेन्टरमा विनोदको क्यान्सरको उपचार भैरहेको भनिएता पनि उक्त खबर झुटो रहेको खबर बाहिरिएको छ । लामो समय देखि अस्पतालमा रहेता पनि कुन रोगका कारण विनोदको मृत्यु भएको हो भन्ने कुरा बाहिरिएको छैन ।

बर्षको उमेरमा संसार छोडेसंगै बलिउडमा ठुलो झट्का लागेको छ । सय भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका विनोद दुई छोरा र एक छोरी र पत्नीसंगै बस्दै आएका थिए । खन्ना पन्जाबस्थित गुरदासपुरबाट भारतीय जनता पार्टीका सांसद थिए । खन्नाले ७० को दशकमा बलिउडमा राम्रै छाप छोडेका थिए । त्यतिबेलाको समयमा अमिताभ बच्चनको प्रतिस्पर्धिको रुपमा विनोद खन्नालाई लिने गरिन्थ्यो ।