बिहानी शोमै ‘बाहुबली २’ले गर्यो रेकर्ड ब्रेक

बिहानी शोमै ‘बाहुबली २’ले गर्यो रेकर्ड ब्रेक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘बाहुबली २’ले भारतीय बक्सअफिसमा रेकर्ड कायम गरेको छ । बर्षकै सर्वाधिक प्रतिक्षित फिल्मले पहिलो दिनको बिहानी शोमा भारतमा ९५ प्रतिशतको अकुपेन्सी महसुस गरेको छ । भने प्राय हलमा अकुपेन्सी शतप्रतिशत रहेको भारतीय अनलाइन पत्रिका कोइमोई डटकमले लेखेको छ ।

यो अकुपेन्सी विदा नभएको दिनमा भारतमा कुनै पनि फिल्मले गरेको भन्दा सर्वाधिक बताइएको छ । फिल्मले यसअघि एडभान्स बुकिङमा पनि रेकर्ड राखी सकेको छ । फिल्मले अमेरिकामा एडभान्स बुकीङबाटै १९ करोड भारु कमाइसकेको छ । त्यस्तै भारतमा हिन्दि भर्सनका लागि मात्र ३६ करोड भन्दा माथिको कलेक्सन  एडभान्स बुकीङबाट प्राप्त हुने आंकलन गरिएको छ । ‘बाहुबली २’ले पहिलो दिन विश्वव्यापी सय करोड माथिको व्यापार गर्न सक्ने आंकलन गरिएको छ ।

अमेरिकामा फिल्म ११०० हलबाट प्रदर्शनमा आएको छ । यो पनि भारतीय फिल्मका लागि रेकर्ड हो । त्यस्तै भारतमा ६५०० र अन्य देशमा १४०० माथि हलमा प्रदर्शन भैरहेको छ । ‘बाहुबली २’को एडभान्स बुकीङमा प्रतिघन्टा ६४ लाख बढी टिकट बिक्रि भैरहेको बताइएको छ ।

फिल्मको हिन्दि भर्सन १ सय २० करोड, तामिल ४७ करोड, मलयालम ४५ करोड र तामिल १ सय ३० करोडमा बिक्रि भएको छ ।

अलनेपाल प्रदर्शन: नेपालमा पनि करोड माथिको बजेटमा भित्राइएको फिल्म अलनेपाल १ सय २० भन्दा बढी हलमा प्रदर्शन भैरहेको छ । ‘बाहुबली २’का कारण यो साता कुनै पनि नेपाली फिल्म रिलिज भएनन् ।

‘कटप्पाले बाहुबलीलाई किन मारे ?’ भन्ने जिज्ञासा मेटाउन दर्शक हलसम्म ओइरिएका छन् । यसको जवाफ विहानी शो हेरका दर्शकहरुले पाईसकेका छन् । फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।

एसएस राजमौलि निर्देशित फिल्ममा प्रभास, राना दगुबती, अनुष्का सेट्टी र तमन्नाहको अभिनय छ ।