‘बाहुबली २’को एतिहासिक व्यापार, कति कमायो २ दिनमा ?

‘बाहुबली २’को एतिहासिक व्यापार, कति कमायो २ दिनमा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । दक्षिण भारतीय फिल्म ‘बाहुबली २’ले भारतमा आक्रामक व्यापार गरेको छ । फिल्मले पहिलो दिन भारतमा १ सय २१ करोड नेट कमाउन सफल भयो । यो भारतीय फिल्मको इतिहासकै सर्वाधिक हो । यसअघि भारतमा पहिलो दिन ‘बाहुबली’ले सर्वाधिक ५० करोडको व्यापार गरेको थियो । तर, यसको सिक्वेलले दोब्बर व्यापार गर्न सफल भएको छ ।

प्रदर्शनको दोस्रो दिन पनि फिल्मले १ सय २ करोडको व्यापार गरेको छ । ‘बाहुबली २’ भाषामा रिलिज भएको थियो । फिल्मले हिन्दि भर्सन पहिलो दिन ४१ र दोस्रो दिन ४२ करोडको व्यापार गर्दै दुई दिनमा कलेक्सन ८३ करोड पुर्याएको छ । त्यस्तै तामिल, तलेगु र मलयालममा पहिलो दिन ८० करोड र दोस्रो दिन ६० करोडको व्यापार गर्न सफल भयो । यी तिन भाषामा फिल्मले दुई दिनमा टोटल १ सय ४० करोडको व्यापार गर्यो ।

२ सय २० करोडको लगानीमा बनेको फिल्मले दुई दिनमा टोटल कलेक्सन २२४ पुर्याएको छ । फिल्मले आइतबार पनि सय करोडकै व्यापार गर्ने आंकलन गरिएको छ । फिल्मको विश्वव्यापी रिपोर्ट आईसकेको छैन । ‘बाहुबली २’ले नेपालमा पनि आक्रामक व्यापार गरेको छ । नेपाल व्यापारको विकेन्ड कलेक्सन भोलि मात्र सार्वजनिक हुनेछ ।

यो पनि पढ्नुस:-

बिहानी शोमै ‘बाहुबली २’ले गर्यो रेकर्ड ब्रेक