अडियो जुकबक्समा सुन्नुस ‘म यस्तो गीत गाउँछु’ (लिंक सहित)

अडियो जुकबक्समा सुन्नुस ‘म यस्तो गीत गाउँछु’ (लिंक सहित)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अर्जुन पोखरेल पछिल्लो समयका लोकप्रिय संगीतकार हुन् । यो कुरा हामीले भन्दा पनि उनका गीतले बोल्छन । ‘बाटो मोडेर गयौ’, ‘छुट्छ की साथ टुट्छ की नाता’, ‘सुन्छु तिमीले’ ‘जाउँ हिड पोखरा’ गीतबाट दर्शकको मनमा बस्न सफल भएका पोखरेललाई फिल्म ‘प्रेमगीत’मा भरेको संगीतले सांगीतिक शिखरमा पुर्याईदियो ।

‘प्रेमगीत’बाट गत बर्षका अवार्ड समारोहमा एकतर्फी राज गरेका पोखरेल फेरी चर्चामा आएका छन् । पोखरेलकै संगीतमा बनेको ‘भन्छु आज’ बोलको गीत केहि दिन अगाडी युट्युबमा सर्वाजनिक भएको थियो । गीतले छोटो समयमै धेरै दर्शक मन जितिसकेको छ । र, यसैलाई मध्यनजर गर्दै फिल्म ‘म यस्तो गीत गाउँछु’ टिमले पोखरेलकै संगीतमा सजिएको अडियो जुकबक्स सार्वजनिक गरेको छ ।

जसमा ‘भन्छु आज मनका कुरा’, कहाँ छ र’, किन आजकल तिम्रो मन’ बोलका गीत समावेश छन् । पहिलो गीतमा सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अन्जु पन्तको आवाज छ । यस्तै, ‘कहाँ छ र’ बोलको गीतमा दिग्गज धौरालीको शब्द, प्रमोद खरेल र अन्जु पन्तको स्वर छ भने ‘किन आजकल तिम्रो मन’ बोलको गीतमा अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलकै स्वर छ ।

असार ३० मा सार्वजनिक हुने फिल्ममा पूजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ । गीत संगीतकै कारणले फिल्मले उचाई पाइसकेको छ । बाँकी २ गीतको भिडियो क्रमशः सार्वजनिक गर्ने निर्देशक सुदर्शन थापाले बताए । ‘भन्छु आज’ गीतको भिडियोमा उत्कृष्ट प्रतिक्रिया पाएको यो चलचित्रको जुकबक्सले पनि सार्वजनिक भएसँगै चर्चा पाइरहेको छ ।