विश्वव्यापी ‘बाहुबली २’ अघिअघि, ‘दंगल’ले पछ्याउदै

विश्वव्यापी ‘बाहुबली २’ अघिअघि, ‘दंगल’ले पछ्याउदै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भारतीय सिनेमाको इतिहासको पानामा विश्वव्यापी सर्वाधिक कलेक्सन गर्ने फिल्मको नाम ‘बाहुबली २’ले लेखाईसकेको छ । दोस्रो सातासम्म आउदा फिल्मले विश्वव्यापी भारु १३ सय करोड भन्दा माथीको ग्रस व्यापार गरिसकेको छ ।

फिल्मले भारतमा हिन्दी भाषामा मात्र ३ सय ८५ करोडको नेट कलेक्सन गरेको छ । हिन्दी भाषामा सर्वाधिक कलेक्सनको रेकर्ड ‘दंगल’को छ । ‘दंगल’को ३ सय ८७ करोडको रेकर्ड ‘बाहुबली २’ले अघिल्लो दिनमै तोड्नेछ । ‘बाहुबली २’ अहिले चिनमा प्रदर्शन भएको छैन । तर, करिब ५ महिना अगाडी भारतमा प्रदर्शन भएको ‘दंगल’ अहिले चिनका सिनेमा घरहरुमा प्रदर्शनरत छ ।

‘दंगल’ले चिन प्रदर्शनमा पहिलो साता तहल्कानै पिटेको छ । फिल्मले पहिलो साता १ सय ८७ करोडको ग्रस व्यापार गरेको छ । यो कुनै पनि भारतीय सिनेमाले चिनमा पहिलो सातामा कमाएको मध्ये सर्वाधिक हो । यसअघी आमिर खानकै ‘पिके’ले १ सय २० करोडको लाइफटाईम कलेक्सन गरेको थियो । ‘पिके’को रेकर्ड ‘दंगल’ले पाँच दिनमै तोडेको थियो ।

चिनको यो कलेक्सनसंगै बलिउडको विश्वव्यापी सर्वाधिक कलेक्सन गर्ने फिल्म पनी ‘दंगल’ बनेको छ । फिल्म १ हजार करोड कलेक्सनको दौडमा छ । अहिलेसम्म ९ सय १२ करोड कमाइसकेको फिल्म बलिउडको पहिलो १ हजार करोड कमाउने फिल्म बन्ने छ । दक्षिण भारतीय ‘बाहुबली २’ पछी बलिउडको ‘दंगल’ १ हजार करोड क्लबमा समावेश हुने भारतीय ट्रेड एनालाइसिस तरण आदर्शको आंकलन छ ।