‘धनपति’को ट्रेलर सार्वजनिक

‘धनपति’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

टुकी आर्ट्स र दिपेन्द्र के खनालको सहकार्यमा निर्माण भएको दोश्रो चलचित्र ‘धनपति’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा गरिव परिवारले आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनको लागि गर्नु परेको संघर्ष देखाउन खोजिएको छ ।

ट्रेलरमा राजनीतिक द्वन्द्वलाई पनि देखाइएको छ। यस अघि टुकी आर्ट्स र दिपेन्द्र के खनालको सहकार्यमा चलचित्र ‘पशुपतिप्रसाद’ निर्माण भएको थियो। ‘पशुपतिप्रसाद’ले धेरै दर्शकको मन जितेको थियो। रोजिना सिटौला निर्मात्री रहेको ‘धनपति’लाई ‘पशुपति प्रसाद’ निर्देशक दिपेन्द्र के खनालले नै निर्देशन गरेका हुन्। कार्यक्रममा बोल्दै निर्देशक खनालले आफुले यो फिल्ममा एकदमै दुख गरेको बताए।

भन्छन ‘मेरो जीवनमा सबै भन्दा दुख गरेर बनाएको फिल्म हो धनपति। म आफै पनि दर्शक संग बसेर यो फिल्म हेर्न आतुर छु।’ चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, मनिष निरौला, आशान्त शर्मा, सुरबी बर्तौला लगायतको अभिनय रहेको छ। निर्देशक खनाल आफैले खिचेको चलचित्रमा आधा सुरको संगीत, शुर्य थोकरको एक्सन, दिर्घ खड्काको सम्पादन रहेको छ। चलचित्र असार २३ गते बाट पर्दशनमा आउदै छ।

हेर्नुहोस ट्रेलर :