द सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा ‘कमलेको विहे’को ट्रेलर सार्वजनिक गरिएको छ । जहाँ अभिनेता अनुपविक्रम शाही ‘शास्त्री कमलप्रसाद अधिकारी’ उर्फ ‘कमले’को भूमिकामा आफुलाई परिचित बनाउन संघर्षरत छन् ।
उनि एक राम्री कन्याको खोजीमा छन् । प्राय सिनेमामा सहायक भूमिकामा अभिनय गरेरै पनी दर्शकबाट नोटिस भएका अनुपविक्रम यस सिनेमाका मुख्य कलाकार हुन् । सिनेमामा अनुपविक्रम पहिलो पटक भिन्न भूमिकामा देखा परेका छन् । ट्रेलरमा अनुपविक्रम ‘कमले’ पात्रले आफ्नो विहेको लागी कन्या खोज्दाताका पाएको संघर्ष प्रस्तुत गरिएको छ ।
प्रशन्न पौडेलको निर्देशनमा बनेको सिनेमामा विनोद न्यौपाने, विशाल पहाडी, इशान ढकाल, किरण लाकौललगायतका कलाकारको पनि अभिनय छ । सिनेमाको प्रदर्शन मिती तय भैसकेको छैन ।
प्रतिक्रिया