‘दंगल’ रेकर्ड: चिनमा हलिउड र विश्वव्यापी ‘बाहुबली २’ पनी पछाडी

‘दंगल’ रेकर्ड: चिनमा हलिउड र विश्वव्यापी ‘बाहुबली २’ पनी पछाडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड सिनेमा ‘दंगल’ले चाइनिज बक्सअफिसमा एतिहासिक रेकर्ड कायम गरेको छ । आमिर खान स्टारर सिनेमाले चिनमा मात्र एक हजार करोड भन्दा माथीको व्यापार गर्न सफल भएको छ ।

भारतमा ३ सय ८७ करोडको व्यापार गरेको ‘दंगल’ले चिन रिलिज नहुदासम्म अन्य देशमा समेत गरेर ७ सय ४५ करोड भारुको कलेक्सन गरेको थियो । तर, चिन रिलिज भएसंगै सिनेमाको कलेक्सनमा गुणात्मक वृद्धि भएको छ । भारतको सबैभन्दा धेरै पैसा कमाउन सफल रहेको यो सिनेमाले विश्वव्यापी कलेक्सन १७ सय १९ करोडको पुर्याएको छ ।

यो कलेक्सन दक्षिण भारतीय सिनेमा ‘बाहुबली २’को भन्दा पनी बढी हो । चिन रिलिज नभैसकेको ‘बाहुबली २’ले विश्वव्यापी १६ सय ३३ करोडको कलेक्सन गरेको छ ।

चिनमा मात्र १ हजार ४५ करोड भारुको व्यापार गरेको यो सिनेमा चाइनिज बक्सअफिसमा सर्वाधिक कलेक्सन गर्ने फिल्मको ३०औ स्थानमा उक्लिएको छ । चाइनिज बक्सअफिसको टप ५० सर्वाधिक कमाउने फिल्मको लिस्टमा पर्ने ‘दंगल’ एक मात्र भारतीय सिनेमा हो। चिनमा ‘दंगल’ले हलिउड सिनेमा ‘द जंगल बुक’, ‘कम्फु पाण्डा ३’, ‘टाइटानिक इन थ्रीडी’, ‘एक्स मेन’, टाईम राइडर’ र ‘पाईराइट्स अफ क्यारेभियन ५’ जस्ता फिल्मलाई उछिनेको छ ।