मेरो विवाह मेरै कारणले टुङ्गियो : मनिषा

मेरो विवाह मेरै कारणले टुङ्गियो : मनिषा

द सिनेमा टाइम्स
0
Shares

मनिषा कोइराला ‘डियर माया’ बाट सिल्भर स्क्रिनमा फर्कदैछिन् । मनिषाले हालसम्म रिल र रियल जीवनमा थुप्रै उतारचढाव देखिसकेकी छन् । उनले आफ्नो बिबाह टुङ्गिनुमा आफै जिम्मेवार रहेको बताएकी छन् ।
मनिषाका अनुसार विवाहलाई लिएर उनको जे सपना थियो , त्यो विवाहपछि पूरा हुन सकेन । नेपाली व्यावसायी सम्राट दाहालसँग उनको वैवाहिक जीवन केवल दुई वर्षमात्र चल्न सक्यो । मनिषाका अनुसारमा यस्तो हुनुमा उनले सम्बन्धाम गरेको हतारो थियो ।
‘ विवाहलाई लिएर मेरो भिन्न सपना र विचार थियो । म विवाह गर्न चाहन्थे तर पछि मलाई म यसका लागि जन्मिएकै होइन भन्ने महशुष भयो । यसमाअरू कसैको हैन् , मेरै गल्ती छ । ‘ नमिषालाे भनिन् , ‘ मैले विवाह गर्न हतारो गरें जसका कारण विवाह टुङ्गियो , यसमा कोही अर्कोको दोष छैन् । ‘
जून समयमा मनिषाको विवाहले विराम पायो त्यही समयमा उनलाई क्यानसर रहेको पत्ता लागेको थियो । उनले न्यूयोर्कोमा त्यसको उपचार गराएकी थिइन् ।