अवार्ड नपाएपछी यस्तो भने सलमानले

अवार्ड नपाएपछी यस्तो भने सलमानले

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेता सलमान खान बक्सअफिसमा जति मजबुत मानिन्छन । त्यतिनै कमजोर छन् अभिनयमा । सलमान खानका सिनेमाले बक्सअफिसमा राम्रो प्रदर्शन गरे पनी समिक्षकको नजरमा प्राय कमजोर मानिन्छन । झन् अभिनयको हिसाबमा त समिक्षकले छड्के नजरले पनी हेर्दैनन् ।

त्यसैको ज्वलन्त उदाहरण वर्षभरि आयोजना हुने अवार्ड समारोहमा देख्न सकिन्छ । बलिउडकै प्रतिष्ठित मानिने ‘फिल्म फेयर’ अवार्ड सलमानले अहिले सम्म  पाउन सकेका छैनन् । यो अवार्डका लागी उत्कृष्ट अभिनेताको विधामा ११ पटक मनोनित भएपनी सलमानले अवार्ड आफ्नो पोल्टामा पार्न सकेका छैनन् ।

अन्तत: सलमानले आफुलाई २०१७ को लागी उत्कृष्ट अभिनेताको लिस्टबाट आफुलाई बाहिर निकालेका छन् । बलिउड मिडियाले बताए अनुसार सलमानले आफ्नो लागी यो बर्ष पनी अवार्ड नमिल्ने संकेत देखिएकाले आफु अवार्डको हकदार नभएको बताएका छन् । उनले आफु अवार्डको लागी नबनेको प्रतिक्रिया दिएका छन् । ‘मैले अवार्ड लिन भन्दा पनी दिनमा मलाई बढी सुहाउछ होला । त्यसैले मैले पाउने अवार्डसंग सम्वन्ध निक्कै टाढा छ जस्तो लाग्छ | मलाई दर्शकले दिएको माया नै अवार्ड जस्तो लाग्छ ।’

करिब २७ बर्षे बलिउड करियरमा सलमानले ‘मैने प्यार किया’बाट उत्कृष्ट नवअभिनेता, र ‘कुछ कुछ होता हे’बाट सहअभिनेता अवार्ड मात्र जित्न सकेका छन् ।