‘पद्मावती’मा सलमान पनि !

‘पद्मावती’मा सलमान पनि !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेता सलमान खान यतिबेला आफ्ना आगामी सिनेमा ‘ट्युबलाईट’ र ‘टाइगर जिन्दा हे’का लागी व्यस्त छन् । सलमानको ‘ट्युबलाईट’ २३ जुनमा प्रदर्शन हुदैछ । त्यसपछिको समय सलमानले अब्बास जफर निर्देशित ‘जिन्दा हे टाइगर’का लागी खर्चिने छन् ।

सलमान खानको करियरमा यी दुई सिनेमाले निकै महत्व राख्छन । त्यसैले सलमान यी सिनेमाको पब्लिसिटीमा कुनै पनि कमि नराख्ने सोचमा छन् । तर, यो बीचमा सलमान खानलाई भेट्रान निर्देशक संजयलीला भन्सालीले सिनेमाको लागी प्रस्ताव गरेका छन् ।

यहिँ बर्ष प्रदर्शनमा आउँन लागेको सिनेमा ‘पद्मावती’को लागी संजयले सलमानलाई प्रस्ताव गरेका हुन् । छायांकन सकीसकेको यो सिनेमा अहिले सम्पादन कक्षमा छ । सिनेमाको लागी सलमानलाई न्यारेटरको रुपमा प्रस्ताव गरिएको हो । अब सलमानले दुई सिनेमाको काम सकिने बितिकै ‘पद्मावती’को काम गर्ने छन् ।

यदि यो सिनेमामा सलमानले काम गरे भने झन्डै एक दर्शक पछी भन्सालीको सिनेमामा कमब्याक गर्नेछन् । यो सिनेमामा रणवीर सिंह, दीपिका पादुकोण, साहिद कपूर लगायतका कलाकारको अभिनय छ । करिब दुई सय करोडको लगानीमा निर्मित सिनेमा बलिउडकै सर्वाधिक महँगो हो।

सलमानले पछिल्लो पटक भन्साली प्रोडक्सनको ‘सावरिया’मा काम अभिनय गरेका थिए । साथै भन्सालीकै ‘हम दिल दे चुके सनम’ र ‘खामोशी- द म्युजिकल’मा पनि सलमानले अभिनय गरेका छन् । जुन सलमानका करियरका सम्झनलायक सिनेमा हुन् ।