नवाजलाई एउटा यो काम गर्ने मन छ

नवाजलाई एउटा यो काम गर्ने मन छ

द सिनेमा टाइम्स
0
Shares

आफ्नो सशक्त र स्वभाविक अभिनयले बलिउड उनीप्रति नतमस्तक छ । उनी अभिनित फिल्म मुन्ना माइकल रिलिज हुने क्रममा छ । फिल्ममा उनको साथमा टाइगर श्राफ पनि छन् । ज्याकीका छोरा फिल्मका हिरो हुन भने नवाज एक डनको भूमिकामा छन् ।
फिल्ममा नकारात्मक भूमिकामा रहेका नवाजले आफूलाई एउटा फिल्ममा भए पनि हिरो बन्न मन भएको बताएका छन् । फिल्मको ट्रेलर लन्चमा उनले यो इच्छा जताएका हुन् ।
‘ म नाच्ने हिरो त बन्न सक्दिन तर कुनै फिल्ममा हिरो हुन भने मन छ’, उनले भने ‘ टाइगर र सम्पूर्ण फिल्म यूनिटले मलाई फिल्म अलिकति भने पनि नचाउन सके । मैले टाइगरको ५ प्रतिशत मात्र गर्न सके।’