anmol jasita

प्रेमगीत २: प्रदिप र अश्लेषा विस्तारै विस्तारै रारा पुग्दा (भिडियो)

प्रेमगीत २: प्रदिप र अश्लेषा विस्तारै विस्तारै रारा पुग्दा (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । साउन १३ गते प्रदर्शन हुने सिनेमा ‘प्रेमगीत २’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘विस्तारै विस्तारै’ बोलको गीतमा मुख्य कलाकार प्रदिप खड्का र अश्लेषा ठकुरीको यात्रामय प्रेमभाव देखाइएको छ ।

भिडियोमा छायाँकार पुरुषोत्तम प्रधानले बाँके राष्ट्रिय निकुन्ज देखि कोहलपुर, सुर्खेत भेरी पुल हुदै मुगु रारासम्मका रमणीय दृश्यहरु कैद गरेका छन् ।

रक गायक रोहितजोन क्षेत्रीको स्वर, कम्पोज र शब्द समावेश गीतमा उनले रक र नेपाली फोक जानरा मिश्रण गरेका छन् । ‘प्रेमगीत २’ले यसअघी सिनेमाका दुई गीत रिलिज गरिसकेको छ ।

साउन १३ गते रिलिज हुने सिनेमालाई रामशरण पाठकले निर्देशन र सन्तोष सेनले निर्माण गरेका हुन् । ओम गुरुङ सहनिर्माता हुन् । आशुसेन फिल्मसको ब्यानरमा प्रोजेक्ट बनेको हो ।

यस गीतले मुगुमा रहेको रारा तालको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास निर्माता सेनले लिए । ‘हामी आफ्नै प्रकृति र लोकेसनलाई विश्वमाझ चिनाउन चाहन्छौं’ उनले भने, ‘यस गीतले हाम्रो सामाजिक दायित्वलाई पनि चित्रण गर्छ ।’

https://youtu.be/ylf6Tx7sI8I