देवसेना र बाहुबली पुन: पर्दामा दोहरिने !

देवसेना र बाहुबली पुन: पर्दामा दोहरिने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ‘बाहुबली’ रिलिज पछी दक्षिण एसियामा दक्षिण भारतीय सिनेमाका समाचारले मिडियामा स्थान पाउन थालेका छन् । सिनेमाका मुख्य कलाकार प्रभासको पनि खुबै तारिफ भएको छ ।

त्यसैले यिनै अभिनेताको आगामी सिनेमा यतिकै पनि प्रतिक्षित बनेको छ । केहि समय अगाडी टिजर रिलिज भएको सिनेमा ‘साहो’को लागी मुख्य अभिनेत्री तय भएकी थिइनन् । यो सिनेमाको लागी बलिउडका केहि अभिनेत्रीहरुलाई प्रस्ताव गरिएको थियो ।

तर, दिशा पटानी, श्रद्दा कपूर जस्ता अभिनेत्रीले पनि चर्को पारिश्रमिक मागे पछी सिनेमाको लागी अभिनेत्री तय गर्न सकिएको थिएन । अन्तत: सिनेमाको लागी सुपरहिट जोडी पर्दामा छाउने भएको छ । अब प्रभासको अपोजिटमा अभिनेत्री अनुष्का सेट्टी अर्थात् ‘बाहुबली २’ ‘देवसेना’ फाईनल भएकी छन् ।

साइन्स फिक्सन सिनेमामा प्रभास र अनुष्काको जोडी बाँधिने भएपछी ‘साहो’लाई बलिउड मिडियाहरुले प्रतिक्षित भनेका छन् ।