द सिनेमा टाइम्स, काठमाडौँ । अभिनेत्री झरना थापाको निर्देशन बनेको सिनेमा ‘ए मेरो हजुर २’को अडियो जुकबक्स सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक जुकबक्समा तीन गीत समावेश छन् ।
कल्याण सिंहको संगीत/ कृष्णहरि बरालको शब्द रहेको ‘कसम हो कसम’ बोलको गीतमा सुगम पोखरेलको स्वर रहेको छ । त्यस्तै ‘किनीदेउन साइला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द/ संगीत र साधना सरगमको स्वर समावेश छ । यी दुई गीतका भिडियो पनि सार्वजनिक भैसकेका छन् ।
अडियोमा मात्र रिलिज भएको नयाँ गीत ‘उकालीमा जाँदा’ बोलको गीतमा राजेशपायल राई र इन्दिरा जोशीको स्वर समावेश छ । दुई गीत सार्वजनिक गरेको यो सिनेमा अहिले चर्चा रहेको छ । भदौ १६ मा रिलिज हुने सिनेमालाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । सिनेमामा सम्राज्ञी लक्ष्मी शाह, सलिनमान बानियाँ, सलोन बस्नेत, अनुभव रेग्मी, बुद्दी तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, सुमन पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिक्रिया