टिभी सिरियल ‘परिचय’की अभिनेत्री मृत अवस्थामा फेला परिन !

टिभी सिरियल ‘परिचय’की अभिनेत्री मृत अवस्थामा फेला परिन !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेत्री तथा टिभी अभिनेत्री कृतिका चौधरी मृत अवस्थामा फेला परेकी छन् । मुम्बईको अँधेरी अपार्टमेन्टमा कृतिकाको शव सडेको अवस्थामा फेला परेको भारतीय संचार माध्यमहरुले बताएका छन् ।

अँधेरी अपार्टमेन्टको पाँचौ तलाबाट दुर्गन्धित हावा आउँन थालेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । एसी चलाएर बन्द गरिएको कोठामा कृतिकाको शवबाट दुर्गन्ध आईरहेको थियो । उनको शरीरमा चोटका थुप्रै निशानीहरु भएको बताइएको छ । पोस्टमार्टमका अनुसार कृतिकालाई करिब ४ दिन अघि मारिएको बताइएको छ ।

कृतिकाले सन् २०१३ मा सिनेमा ‘रज्जो’बाट बलिउड डेब्यु गरेकी थिइन् । केहि टिभी कार्यक्रम र कलर्स टिभीमा प्रसारण हुने ‘परिचय’ सिरियलमा समेत अभिनय गरेकी कृतिका जम्मा २३ बर्षकी थिइन् ।