२०१९ को क्रिसमस सलमानले गरे बुक

२०१९ को क्रिसमस सलमानले गरे बुक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । सलमान खानको मुख्य भूमिका रहने सिनेमा ‘किक २’ले आफ्नो रिलिज मिति तय गरेको छ । ‘किक’ डेब्यु निर्देशक साजिद नाडियड्वालाले निर्देशन गर्ने सिनेमा अब सन् २०१९ को क्रिसमसमा रिलिज हुनेछ । निर्देशकले आफ्नो सिनेमा २०१९ को क्रिसमसमा रिलिज गर्ने घोषणा गरे ।

स्क्रिप्टको काम भैरहेको सिनेमा दक्षिण भारतीय अभिनेता रवि तेजा स्टारर ‘किक २’को रिमेक हुनेछ । सलमान अहिले ‘ट्युबलाईट’ र ‘टाइगर जीन्दा हे’मा व्यस्त छन् । यी सिनेमाको काम सकिए लगतै सलमान ‘किक २’सँग जोडिने छन् ।

सिनेमाको लागि रणदीप हुडा र ज्याक्लिन फर्नान्डिज हुने कि नहुने तय भैसकेको छैन । ईदको अवसर पारेर सलमानको ‘ट्युबलाईट’ रिलिज हुदैछ ।