दीपिकाको हट फोटोसुट, भन्सालीलाई तनाव !

दीपिकाको हट फोटोसुट, भन्सालीलाई तनाव !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउडका भेट्रान निर्देशक संजयलीला भन्साली यो बर्ष दर्शक माझ ‘पद्मावती’ लिएर आउँदै छन् । बलिउड सिनेमाकै इतिहासमा सबैभन्दा महँगो बजेटमा निर्माण हुदै गरेको ‘पद्मावती’ छायाँकनताका यी निर्देशकले निकै समस्या झेल्नु परिरहेको छ ।

‘पद्मावती’ घोषणाताका दुई अभिनेता रणवीर सिंह र साहिद कपूरले सिनेमा भित्रको सिन र पारिश्रमिकमा गरेको लफडा, त्यसपछी आफुमाथिको आक्रमण र छायाँकन सेटमा गरिएको आगजनीका कारण भन्सालीले समस्याको राम्रै सामना गर्नु पर्यो ।

धेरै समस्या झेल्दा सिनेमाको बजेट २०० करोड माथि क्रस गर्ने भएको छ । त्यसैले भन्साली सिनेमा रिलिज नहुँदासम्म अब कुनै पनि समस्या झेल्न चाहन्नन, जसले गर्दा ‘पद्मावती’लाई कुनै घाटा लागोस ।

तर, पुन: भन्सालीलाई अर्को तनाव आईपरेको छ । आफ्नो सिनेमाकी मुख्य अभिनेत्रीको हट फोटोसुटका कारण भन्सालीले फेरी तनावको सामना गर्नु परेको छ । दीपिका पादुकोणले एक म्यागेजिनका लागि हट फोटोसुट गरेकी छन् । जसले पिरियड ड्रामा ‘पद्मावती’लाई असर गर्ने भन्सालीको कथन छ । जहाँ दीपिका महारानीको भूमिकामा देखा पर्दैछन् ।

 

सिनेमाको छायाँकन अहिलेसम्म सिद्धिएको छैन । ‘पद्मावती’ यो बर्षको नोभेम्बर १७ मा रिलिज हुदैछ ।