‘ट्वाइलेट-प्रेम कथा’प्रति अक्षयलाई छैन आशा !

‘ट्वाइलेट-प्रेम कथा’प्रति अक्षयलाई छैन आशा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । पछिल्ला केहि वर्ष बलिउड खेलाडी कुमार अक्षय कुमारका लागि राम्रो गैरहेको छ । बक्सअफिसमा लगातार हिट सिनेमा दिएका अक्षय अहिलेका सर्वाधिक व्यस्त अभिनेता हुन् ।पाइपलाइनमा अक्षयका आधा दर्जन सिनेमा छन् ।

११ अगस्तमा अक्षय अभिनित ‘ट्वाइलेट-एक प्रेमकथा’ रिलिज हुदैछ । निर्माण समय देखि नै चर्चामा रहेको सिनेमालाई लिएर सिने पण्डितहरुले यो अक्षयको सर्वाधिक कमाउने सिनेमा बन्ने आँकलन गरेका छन् । तर, यो कुरामा अक्षय त्यति विश्वस्त छैनन् । एक प्रेसमिटको क्रममा अक्षयलाई के तपाईको सिनेमाले ‘बाहुबली २’को जस्तो धुवाँधार व्यापार गर्ला त ? भनि सोधिएको थियो ।

जवाफमा अक्षय अलि गम्भीर देखिए । अक्षयले भने ‘मेरो सिनेमाले त्यस्तो व्यापार गर्ने मैले कहिले पनि सोचेको छैन । किनकी ‘बाहुबली २’ ४ सय करोडमा बनेको सिनेमा हो । मेरो जम्मा १८ करोडमा ।व्यावसायिक सफलता हात पार्नु फरक कुरा हो । आशा गरौ मेरो सर्वाधिक कमाउने सिनेमा बन्नेछ ।’

पछिल्लो समय अक्षयका चार सिनेमा लगातार सय करोड क्लबमा इन्ट्री भएका थिए ।