Top 10: विश्वका सर्वाधिक कमाई गर्ने अभिनेता, को को परे बलिउडबाट ?

Top 10: विश्वका सर्वाधिक कमाई गर्ने अभिनेता, को को परे बलिउडबाट ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । अंग्रेजी पत्रिका फोब्सले वर्ष २०१७ मा सर्वाधिक कमाउँने अभिनेताहरुको सुची सार्वजनिक गरेको छ ।

विश्वका सर्वाधिक कमाउँने अभिनेताको सुचीमा शिर्ष स्थानमा मार्क वल्हवर्ग रहेका छन् । २०१६ जुन १ देखि २०१७ जुन १ सम्मको तथ्याँकलाई आधारित मानेर फोब्सले जारी गरेको सूचना अनुसार मार्कको पछिल्लो १२ महिनाको कमाई ६८ मिलियन डलर रहेको छ । र्यापर हुँदै अभिनेता भएका मार्कका ‘ड्याडिज होम २’ र ‘ट्रान्सफर्मर-द लास्ट नाइट’ले बक्सअफिसमा ५.३ बिलियन डलरको कमाई गरेका थिए । मार्क यो वर्ष अभिनयसँगै टिभी शोहरुमा पनि व्यस्त रहे ।

सर्वाधिक कमाई गर्ने अभिनेताको दोस्रो स्थानमा ड्वेन जोहनसन रहेका छन् । ड्वेनको वार्षिकी कमाई ६५ मिलियन डलर छ । त्यस्तै सुचीमा ५४.५ मिलियन डलरका साथ भिन डिजेल तेस्रो स्थानमा छन् । याडम स्याण्डलर ५०.५ मिलियन र ज्याक्की चेन ४९ मिलियन डलरका साथ सूचिको क्रमस… चौथों र पाँचौ स्थानमा छन् ।

त्यस्तै सुचीको छैटौं र सातौ स्थानमा क्रमस… ४८ मिलियन डलरका साथ रोबर्ट डोनी जेआर र ४३ मिलियन डलरका साथ टम क्रुजले कब्जा जमाएका छन् । सुचीको आठौँ, नवौं र दशौँ नम्बरमा भने बलिउड स्टारहरुले स्थान सुरक्षित गरेका छन् । सूचिको आठौँ स्थानमा बलिउड अभिनेता शाहरुख खान रहेका छन् । उनको वार्षिक आम्दानी ३८ मिलियन डलर रहेको छ ।

त्यस्तै सुचीको नवौं र दशौँ  स्थानमा रहेका अभिनेता (क्रमस…) सलमान खानको कमाई ३७ मिलियन डलर र अक्षय कुमारको ३५.५ मिलियन डलर रहेको छ ।

फोब्सले सार्वजनिक गरेको टप २० को सुचीमा यसपटक जोनी डिप, लियोनार्दो डीक्याप्रियो, बेन अफलेक्क, ब्राड पिट, विल स्मिथ, आमिर खान, अमिताभ बच्चन जस्ता अभिनेता पर्न सकेनन् ।