जुड्वा २: ९० को दशकको हिट गीत ‘चल्ती हे क्या ९ से १२’ रिमेक रिलिज

जुड्वा २: ९० को दशकको हिट गीत ‘चल्ती हे क्या ९ से १२’ रिमेक रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउडको प्रतिक्षित सिनेमा ‘जुड्वा २’को पहिलो गीत सार्वजनिक गरिएको छ । २० वर्ष अगाडीको हिट गीत ‘चल्ती हे क्या ९ से १२’ को रिमेकमा वरुण धवन, ज्याक्लिन फर्नान्डिज र तपसी पन्नु फिचरिङ छन् ।

सन्दीप सिरोधकरको संगीतमा अनु मलिकद्वारा कम्पोज गरिएको गीतमा देव नेगी र नेहा कक्करको स्वर छ । २९ सेप्टेम्बरमा रिलिज हुने सिनेमालाई डेभिड धवनले निर्देशन गरेका हुन् ।