१५ दिनमै ‘ट्वाइलेट’लाई १ अर्व नाफा !

१५ दिनमै ‘ट्वाइलेट’लाई १ अर्व नाफा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड अभिनेता अक्षय कुमार स्टारर सिनेमा ‘ट्वाइलेट-एक प्रेम कथा’ले भारतीय बक्सअफिसमा १ अर्व (१०० करोड) माथि नाफा कमाउँन सफल भएको छ ।

अक्षयको १ अर्व नाफा कामाउँने यो पहिलो सिनेमा हो । सिनेमाको कम बजेटको कारण ‘ट्वाइलेट-एक प्रेम कथा’ले प्रदर्शनको पन्धौं दिनसम्म १ अर्व १ करोड चालिस लाख नाफा कमाएको हो । जम्मा २४ करोडको बजेटमा निर्मित सिनेमाले पन्ध्र दिनसम्म १ सय २५ करोड ४० लाखको व्यापार गरेको छ ।

साथै यो सिनेमा अक्षयको चौंथो सर्वाधिक कमाउँने सिनेमा बनेको छ । अक्षयको सर्वाधिक कमाई गर्ने सिनेमामा ‘राउडी राठोर’ हो । सिनेमाले घरेलु बक्सअफिसमा पाँच वर्ष अगाडी १ सय ३१ करोड भारु कमाई गरेको थियो । ‘ट्वाइलेट-एक प्रेम कथा’ अगाडी १ सय २७.४९ करोड कमाई गरेको ‘रुस्तम’ र १ सय २९ करोड कमाई गरेको ‘ईयरलिफ्ट’ छ । तेस्रो साताको समाप्तिमा ‘ट्वाइलेट-एक प्रेम कथा’ले यी दुई सिनेमाको रेकर्ड पार गर्न सक्ने अनुमान छ ।