पहिले देखि नै हट थिए, दर्शकले अहिले नोटिस गर्नुभयो: तपसी पन्नु !

पहिले देखि नै हट थिए, दर्शकले अहिले नोटिस गर्नुभयो: तपसी पन्नु !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । २०१३ मा सिनेमा ‘चसमे बद्दूर’बाट बलिउड अभिनय यात्रा थालेकी अभिनेत्री तपसी पन्नु २०१७ मा आएर सर्वाधिक चर्चामा आइन । २०१५ मा रिलिज भएको सिनेमा ‘पिंक’बाट तारिफ बटुल्न सुरु गरेकी तपसीको चर्चा दिन प्रतिदीन बढ्दो छ ।

यो वर्ष मात्र तपसीका ३ सिनेमा रिलिज भैसकेका छन् । ‘नाम सबना’बाट सफलता पाएकी तपसीले अन्य सिनेमाबाट भने सोचे जस्तो सफलता पाईनन । अब तपसीको ध्यान ‘जुड्वा २’मा छ । ‘जुड्वा २’मा हट अवतारमा प्रस्तुत भएकी तपसीले पछिल्लो समय विभिन्न खाले प्रश्नको उत्तर दिनु परेको छ ।

जुड्वा २ मा तपसीको अवतार

यसअघि सामाजिक विषयबस्तुमा तयार भएका सिनेमा फिट देखिएकी तपसीलाई हट अवतारमा प्रस्तुत हुँदा ‘तपसी यति हट कसरी हुन् सक्छिन ?’ भन्ने खालका प्रश्न उठ्न थालेका छन् ।

जुड्वा २को विकिनी अवतारमा तपसी

र, यस प्रश्नको तपसीले एक कार्यक्रमका विच यसरी जवाफ दिईन । ‘म बलिउडमा इन्ट्री गर्दा खेरीनै हट अवतारमा प्रस्तुत भएकी थिए । साथै म बच्चै देखि नै हट थिए । तर, दर्शकले पहिलो पटक नोटिस गरेको हुनुपर्छ । म हट छु भनेर प्रमाणित गर्न मलाई तीन वर्ष लाग्यो । अब मलाई हट अभिनेत्रीको रुपमा स्विकारीदिनु हुन् आग्रह गर्दछु ।’