दर्शक तान्न सक्ने पूजा र साम्राज्ञी !

दर्शक तान्न सक्ने पूजा र साम्राज्ञी !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । केहि वर्ष अघिसम्म रेखा थापा मात्र त्यस्ती अभिनेत्री थिइन्, जसले स्टारडमको भरमै दर्शक हलसम्म डोर्याउन सक्थिन । तर, अहिले समय फेरिएको छ ।

नयाँ केहि अभिनेत्रीले आफ्नो स्टारडमले दर्शक तान्न सक्ने छनक देखाएका छन् ।  केहि महिना अगाडी रिलिज भएको ‘म यस्तो गीत गाउँछु’ हिट हुनुमा अभिनेत्री पूजा शर्माको पनि हात रह्यो । ‘प्रेमगीत’ रिलिज भएको २ वर्ष पछी पर्दामा आउँदा पूजालाई हेर्न दर्शकको भिड हलमा लाग्यो । ‘म यस्तो गीत गाउँछु’ हिट हुनुमा संगीतकार, निर्देशक र अभिनेताको जति हात रह्यो उत्तिकै हात रह्यो पूजाको । सिनेमा रिलिजताका निक्कै खटिएकी पूजा अहिले होमप्रोडक्सनको ‘म यसो गीत गाउँछु २’को तयारीमा जुटेकी छन् ।

त्यस्तै डेब्यु ‘ड्रिम्स’ पछी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पर्दामा देख्न दर्शकले करिब २ वर्षनै कुर्नुपर्यो । साम्राज्ञीको दुई वर्षको मेहनतलाई दर्शकले राम्रो साथ दिए । भलै ‘ड्रिम्स’ अनमोल केसीका कारणले चलेको भनिएता पनि ‘ए मेरो हजुर २’मा सोलो स्टार रहेकी साम्राज्ञीले दर्शक हलसम्म तानेर आफुमा पनि स्टारडम रहेको कुरा प्रमाणित गरिदिईन ।

लगातार २ सिनेमा हिट दिएपछी साम्राज्ञीको हाइप निक्कै चुलिएको छ । अब, साम्राज्ञीले यो हाइपलाई राम्ररी आत्मसात गर्न सके आगामी दिनमा पनि साम्राज्ञीको स्टारडम बिक्न सक्छ । राम्रो व्यानर, टिमलाई आफ्नो रोजाईमा पारेर मेहनत गर्न सके सफलता पाउँन सकिन्छ भन्ने कुरा प्रमाणित पछिल्ला केहि कलाकार गरेका छन् ।

अनमोल केसी, प्रदीप खड्का, पल शाह, पूजा शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, आशिरमान जोशी लगायतका कलाकारले सिमित सिनेमाबाटै राम्रो फ्यान फ्लोवर्स कमाएका छन् । यी कलाकारले यहिँ स्टारडम मेन्टेन गर्न सके भविष्यमा सफलता पाउँन अन्यको भर पर्नु पर्ने छैन ।