बलिउडमा बायोपिकको बाढी !

बलिउडमा बायोपिकको बाढी !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । जसरी अहिले नेपालमा हिट सिनेमाको सिक्वेल बनाउने प्रचलन बढेको छ । त्यसरी नै बलिउडमा बायोपिक सिनेमा बनाउनेको बाढी नै आएको छ ।

यो वर्ष मात्र बलिउडमा ‘सचिन- अ विलिअन ड्रिम्स’, ‘पुरना’ जस्ता बायोपिक प्रदर्शनमा आईसकेका छन् । ‘सुल्तान’, ‘दंगल’, ‘भाग मिल्खा भाग’, ‘मेरी कोम’, ‘एमएस धोनी’ जस्ता बायोपिकले बक्सअफिसमा तहल्का पिटेपछी बलिउडमा बायोपिक सिनेमा बनाउनेहरुको लर्को नै लागेको छ ।

आज हामी बलिउडमा प्रदर्शन हुन् बाँकी, छायाँकनरत र घोषणा भएका बायोपिक सिनेमाका बारेमा चर्चा गर्दैछौ । व्यक्तित्वको जीवनीमा आधारित जुन सिनेमा तपाईहरुको प्रतिक्षामा पर्न सक्छन ।

प्याडम्यान: यो सिनेमा मुरुगनाथमको जीवनीमा आधारित छ । जसले विरोधीको सामना गर्दै सबै भन्दा सस्तो स्यानेटरी प्याड बनाउने काम गरेका थिए । यो सिनेमामा अक्षय कुमारको मुख्य भूमिका छ ।

हसिना: दाउद अब्राहमकी बहिनिको भूमिका यस सिनेमा भित्र अभिनेत्री श्रद्दा कपूरले मुख्य भूमिका निर्वाह गरेकी छन् । २२ सेप्टेम्बरमा रिलिज हुने यस सिनेमामा सोनक्षि सिन्हाको पनि अभिनय छ ।

मुगल: संगीत दुनियाका मुगल गुलसन कुमारको जीवनीमा आधारित सिनेमामा अक्षय कुमारको मुख्य भूमिका छ । अक्षय कुमार सिनेमा भित्र गुलसन कुमारको भूमिका निर्वाह गर्नेछन ।

तानाजी: २०१९ मा रिलिज गर्ने तयारिका साथ यो सिनेमालाई अभिनेता अजय देवगणले घोषणा गरेका हुन् । सिनेमा सुबेदार तानाजी मालुसरेको जीवनीमा आधारित छ । ताजानी क्षत्रपती शिवाजी महाराजको घनिष्ट मित्र तथा निष्ठावान सरदार थिए । यिनीले शिवाजीको साथमा कंयौ युद्द लडेका थिए ।

द गुड महाराजा: उमंग कुमारको निर्देशनमा बन्ने सिनेमा महाराजा जम शाहिव दिग्विजय सिंहजी रंजित सिंहजी जीवनीमा आधारित छ । सिनेमामा संजय दत्तले मुख्य भूमिका निर्वाह गर्नेछन् ।

गोल्ड: भारतीय हक्की कोच बलबीर सिंहको जीवनीमा बन्ने सिनेमामा अक्षय कुमारको मुख्य भूमिका रहनेछ । बलबीरले भारतका लागि तीन पटक ओलम्पिकमा स्वर्णपदक जितेका थिए ।

दत्त बायोपिक: २०१८ मा सर्वाधिक चर्चामा रहेको यस बयोपिक अभिनेता संजय दत्तसँग सम्वन्धित छ । राजकुमार हिरानीले निर्देशन गर्ने सिनेमामा रणवीर कपूरले मुख्य भूमिका निर्वाह गरेका छन् ।

सायना नेहवाल बायोपिक: ब्याटमिन्टन खेलाडी सायना नेहवालको जीवनीमा बन्ने सिनेमामा श्रद्दा कपूरले मुख्य भूमिका निर्वाह गर्नेछिन् ।

राकेश शर्मा बायोपिक: भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्माको बायोपिकमा आमिर खानले अभिनय गर्ने पक्का भैसकेको छ ।

मन्टो: नन्दिता दासले निर्देशन गर्ने यो सिनेमा चर्चित उर्दु लेखक सआदत हसन मन्टो जीवनीमा आधारित छ । छायाँकनरत सिनेमामा नवाजुद्दीन सिद्दिकीले मुख्य भूमिका निभाएका छन् ।

आनन्द कुमार बायोपिक: ‘सुपर ३०’का संस्थापक आनन्द कुमार जीवनी निर्माण हुने सिनेमा घोषणा भैसकेको छ । यो सिनेमामा ऋतिक रोशन र अक्षय कुमार रहेको कुरा केहि समय अगाडी बाहिरिएको थियो । तर, सिनेमाको केहि केमियो रोललाई देखेर ऋतिकले हात झिकिसकेका छन् । अब सिनेमामा अक्षय कुमार मात्र फाईनल भएका छन् ।