अभिनयमा अब्बल, बक्सअफिसमा कमजोर: कंगना

अभिनयमा अब्बल, बक्सअफिसमा कमजोर: कंगना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ  बलिउडकी अहिलेकी सर्वाधिक कन्ट्रोभर्सियल अभिनेत्री कंगना रनाउत कन्ट्रोभर्सीसँगै अभिनयमा छाउने गर्छिन् ।

प्रत्येक सिनेमामा गरेको अभिनयबाट तारिफ बटुल्ने कंगनाले ३१ वर्षकै उमेरमा सहअभिनेत्रीको १ र अभिनेत्रीमा २ गरेर तीन पटक राष्ट्रिय अवार्ड हात पारिसकेकी छन् । सिनेमा ‘फेसन’बाट सहअभिनेत्रीको राष्ट्रिय अवार्ड उचालेकी कंगनाले ‘क्विन’ र ‘तन्नु वेड्स मन्नु रिटर्न्स’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड आफ्नो पोल्टामा परिसकेकी छन् ।

त्यस्तै प्राय वर्ष कुनै न कुनै अवार्ड हात पारिरहने कंगनाले ‘फिल्म फेयर’का चार अवार्ड हात पारेकी छन् । २००७ मा ‘ग्याङस्टर’बाट बलिउड भित्रदा ‘फिल्म फेयर’को डेब्यु अभिनेत्रीको अवार्ड उचाले पछी कंगनाले अहिलेसम्म विभिन्न ३१ अवार्ड हात पारिसकेकी छन् । त्यस्तै ३४ पटक मनोनयनमा परेकी छन् ।

यो वर्ष रिलिज भएका ‘रंगून’ र ‘सिमरन’ले दर्शक र समिक्षकबाट राम्रो प्रतिक्रिया नपाएपनि यी दुई सिनेमामा कंगनाको अभिनयको चौतर्फी तारिफ पायो । ‘सिमरन’मा गरको अभिनयबाट यी ‘क्विन’ले २०१८को अवार्डमा दावेदारी प्रस्तुत गरेकी छन् । तर, २०१७ को केहि महिना बाँकी हुँदा यसै भन्न सकिने अवस्था छैन ।

 

१ दशक लामो करियरमा २ दर्जन बढी सिनेमामा अभिनय गरिसकेकी कंगनाको बक्सअफिस प्रदर्शन भने एभरेज भन्दा तल छ । विशेष गरेर आफ्नो भूमिका पावरफुल हुने सिनेमा मात्र अभिनय गर्ने यी अभिनेत्रीले स्टार अभिनेतासँग काम गर्न त्यति रुचाउदिनन । यदि गरिहाले पनि सिनेमा भित्र उनको भूमिका दमदार हुनु पर्छ भन्ने अडान राख्छिन् ।

त्यसैले निर्माता निर्देशक महिला प्रधान सिनेमामा कंगनालाई छनोट गर्छन । आफ्नो भूमिका प्रति लागि पर्ने यी अभिनेत्रीले अहिलेसम्म कुनै पनि सिनेमामा अभिनयबाट दर्शक निराश बनाउनु परेको छैन ।

कंगनाका ‘कृष ३’, ‘तन्नु वेड्स मन्नु रिटर्न्स’, ‘क्विन’, ‘तन्नु वेड्स मन्नु’, ‘सुटआउट एट वाडाला’, ‘वन्स अपन अ टाइम इन मुम्बई’, ‘डवल धमाल’, ‘राज’, ‘फेसन’, लाइफ इन अ मेट्रो’, ‘ग्याङस्टर’, ‘वो लम्हे’ लगायतका सिनेमा हिट छन् ।

अहिले कंगना अभिनित ‘सिमरन’ प्रदर्शनरत छ । चार दिनमा १२ करोड बढी कलेक्सन गरेको सिनेमाको कमाईलाई कमजोर मानिएको छ । हंसल मेहता निर्देशित सिनेमा ३० करोडको बजेटमा निर्माण भएको हो ।