‘पद्मावती’ विरोध: डिसेम्बर १ मा भारत बन्द, भन्सालीको शिर काट्न आव्हान !

‘पद्मावती’ विरोध: डिसेम्बर १ मा भारत बन्द, भन्सालीको शिर काट्न आव्हान !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड सिनेमा ‘पद्मावती’ रिलिज हुन् अब १५ दिन जति मात्र बाँकी छ । तर, सिनेमाको रिलिज मिति नजिकिदै गर्दा ‘पद्मावती’ झन् झन् समस्यामा फस्दै गैरहेको छ ।

राजपुतकी रानी ‘पद्मिनी’को जीवन कथालाई बंग्याएर सिनेमा बनाएको आरोपमा यति बेला भारतका विभिन्न स्थानमा विरोधका कार्यक्रम भैरहेका छन् । विशेष गरि गुजरात, राजस्थान लगायतका राष्ट्रमा सिनेमाको विरोध गर्दै रिलिज रोक्न माग गरिरहेका छन् ।

भारतीय मिडियाका अनुसार एक मेरठका राजपुत नेताले निर्देशक संजयलीला भन्सालीको शिर काटेर ल्याउनेलाई ५ करोड ईनाम दिने घोषणा समेत गरेका छन् । त्यस्तै केहि सिनेमा हलमा करणी सेनाहरुले तोडफोड पनि गरेका छन् । भने, केहि हल संचालकलाई ‘पद्मावती’ प्रदर्शन गरे हल आगजनी हुने चेतावनी समेत दिएका छन् ।

साथै, करणी सेनाले डिसेम्बर १ तारिखका दिन भारत बन्दको घोषणा समेत गरको छ । डिसेम्बर १ मा ‘पद्मावती’ रिलिजलाई प्रभाव पार्ने गरि करणी सेनाले उक्त घोषणा गरेका हुन् । उसो त सेन्सरमा पठाइएको सिनेमालाई सेन्सर पनि गरिएको छैन । स्रोतका अनुसार सेन्सर बोर्डले सिनेमा हेरेर पनि कुनै प्रतिक्रिया जनाएको छैन । तर, सेन्सर प्रमुखले भने अहिलेसम्म सिनेमा नहेरेको बताएका छन् ।

उत्तर प्रदेश (युपी’मा पनि रिलिज रोकको माग:-

अहिले उत्तर प्रदेशलाई स्थानीय चुनावले छोएको छ । डिसेम्बर १ तारिखका दिन युपीमा मतगणना हुने दिन हो । त्यसैले सिनेमा रिलिज हुँदा अशान्ति फैलने डरले युपीका सिएम योगी आदित्यनाथले पनि सिनेमा रिलिज रोकको माग गरेका छन् ।

पद्मावती’को पक्षमा:- धेरै जसो ठाउँमा ‘पद्मावती’को विरोध भैरहेका बेला केहि संगठन भने पक्षमा उभिएका छन् । उक्त संगठनले २३ नोभेम्बरका दिन मुम्बईको फिल्मसिटिमा समर्थन विरोध गर्नेछन । ‘पद्मावती’ समर्थन गर्नेहरुमा ‘इन्डियन फिल्म एण्ड टेलिभिजन एसोसिएसन’, ‘राज ठाकरे’, ‘अशोक पण्डित’ लगायत छन् ।

‘पद्मावती’ कुनै पनि हालतमा रिलिज हुन्छ: दीपिका पादुकोण

सिनेमा ‘पद्मावती’ रिलिजलाई कुनै पनि हालतमा कसैले रोक्न नसक्ने अभिनेत्री दीपिका पादुकोणले बताएकी छन् । सिनेमा भित्र रानी ‘पद्मिनी’ रोल निर्वाह गरेकी दीपिकाले सिनेमा यो समयमा जसरि पनि रिलिज हुन् आवश्यक रहेको बताइन । यदि सिनेमा रिलिजमा रोक लगाउने अधिकार छ त ‘सेन्सर बोर्ड’मा नत्र अरु जो कोहिले सिनेमा रिलिज रोक्न नसक्ने भन्दै दर्शकलाई तयार हुन् अनुरोध गरेकी छन् ।

आजतकबाट –