सिनेमा टाइम्स, काठमाडौँ । सिनेमा उद्योगमा नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टीमको फेसबुक युद्ध यतिखेर चर्चामा छ । बुधबार ‘फिर्के’को ट्रेलर लञ्च कार्यक्रममा उपस्थीत निर्माता तथा कलाकार दिपक राज गिरीले सोहि प्रसंग जोड्दै भने आफूहरुले निर्माण गरेको सिनेमामा महिला हिंसा नभएको र अरु सिनेमामा महिलामाथी बियर खन्याउनु चाई के हो ? संसारमा सबै अतिवाद खतरनाक हुन्छन् र अतिवादबाट बच्नु पर्छ । संसारका कुनै पनि सिनेमा सर्वप्रिय छैन । कसैलाई त्यो सिनेमाराम्रो लाग्छ कसैलाई राम्रो लाग्दैन । कुनै सिनेमाले व्यापार गर्यो भन्दैमा राम्रो फिल्म हुन्छ भन्ने छैन र व्यापार गतिलो नगर्दैमा फिल्म राम्रो हुन्न भन्ने हुँदैन । कार्यक्रममा उपस्थीत निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अहिले नेपाली सिनेमाले राम्रो बजार बनाइ रहेको अवस्थामा विवादित कुराहरु सामाजीक संञ्जालमा आउनुले नराम्रो सन्देश जाने भन्दै यस्ता कुराहरु पोष्ट गर्न नहुने बताए ।
प्रतिक्रिया