‘कृ’ले १७ घण्टामै तोड्यो ‘ए मेरो हजुर २’को रेकर्ड !

‘कृ’ले १७ घण्टामै तोड्यो ‘ए मेरो हजुर २’को रेकर्ड !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अनमोल केसी स्टारर ‘कृ’ले युट्युबमा द्रुत भ्युज पाईरहेको छ । यो समाचार तयार पर्दासम्म ‘कृ’ले १९ घण्टामै ५ लाख ४० हजार बढी भ्युज पाईसकेको छ । जुन नेपाली ट्रेलरले २४ घण्टा भित्र पाएको सर्वाधिक भ्युज हो ।

यसअघि २४ घण्टामा ‘ए मेरो हजुर २’ले ५ लाख ५ हजार बढी भ्युज पाएर यो रेकर्ड आफ्नो पोल्टामा पारेको थियो । तर, ‘कृ’ले यो रेकर्ड १७ घण्टामै तोडीदिएको थियो । १७ घण्टामै ‘कृ’ले ५ लाख १२ हजार भ्युज प्राप्त गरिसकेको थियो । अब हेर्न बाँकी छ, २४ घण्टामा कति भ्युजको रेकर्ड राख्ने छ ?

सुरेन्द्र पौडेल निर्देशित सुरेन्द्र पौडेल निर्देशित सिनेमा लामो समयको पर्खाइपछी माघ २६ मा रिलिज हुँदैछ । सुवास इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको सिनेमालाई द सुपर काजोल फिल्मसले प्रस्तुत गरेको हो ।

सुवास गिरि र भुवन केसी निर्माता रहेको सिनेमा सिनेमामा अनमोलका अलावा अदिति बुढाथोकी सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरसिया लगायतका कलाकारको अभिनय छ । सिनेमाको कार्यकारी निर्मातामा कमल गिरी र सहनिर्मातामा श्री पराजुली रहेका छन् ।

युट्युबमा ‘ए मेरो हजुर २’को रेकर्ड, रुचाइयो साम्राज्ञी र सलिनको जोडी !

युट्युब: शिर्ष तिनमा दयाहाङ, अनमोल र अक्षयको स्पर्धा

‘कृ’को प्रतिस्प्रधी ‘कान्छी’ होइन ‘पद्मावती’ हो: भुवन केसी !